© २०२३
दाङ, २१ साउन ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले देवघाट तीर्थाटनका क्रममा बेपत्ता युवाको खोजी गर्न आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुर निवासी ३२ वर्षीय लोकेन्द्र भुसाल नारायणी नदी देवघाटमा तीर्थाटनका क्रममा साउन १९ गते बिहान ८ बेपत्ता भएका थिए ।
बेपत्ता भएका लोकेन्द्र भुसालको खोज तथा उद्दारका लागि आग्रह गरेका छन् । नगरप्रमुख खड्काले बेपत्ता भएको तीन दिनसम्म पनि उनको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त नहुनु दुखद कुरा भएकाले सम्बन्धित निकायलाई तत्काल उहाँको बारेमा परिवारलाई जानकारी दिन र खोज उद्दारको कार्यलाई तीव्रता दिन समेत अनुरोध गरेका छन् । तीर्थाटनजस्तो पवित्र स्थानमा सुरक्षाका विधि अपनाउन नसक्दा यस्ता दुखद् घटना भइरहेका छन् ।
यस्ता दुर्घटना हुनबाट रोक्नका लागि समेत सम्बन्धित निकायलाई हार्दिक अनुरोध गरेका छन् । तीर्थाटनमा दुःखको समयमा पुगेका व्यक्तिहरूलाई नदीमा पस्न दिनु र त्यहाँको अवस्थाका बारेमा जानकारी नदिनु सम्बन्धित पक्षको लापरवाही हो । खोज तथा उद्दारको कार्यमा स्थानीय पालिकाबाट आवश्यक परेको अवस्थामा सहयोग रहने बताइएको छ ।