© २०२३
बुटवल, २० साउन ।
केरवानी स्वास्थ्य चौकीको सहकार्य, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको प्राविधिक सहयोग तथा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा देवदह नगरपालिका वडा नं. २ स्थित भविष्य निर्माण माविमा आँखा पाक्ने रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले उदघाटन गरेका थिए । त्यस अवसरमा उनले यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण सघाउ पुग्ने बताए ।
नगर प्रमुख खरेलले समयानुकुल तथा संक्रमण फैलिरहेको अवस्थामा अत्यन्त महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ तथा सहकार्यका लागि केरवानी स्वास्थ्य चौकीलाई धन्यवाद दिए । उनले यतिबेला आँखाका बिरामीहरु बढिरहेको हुँदा र देवदह नगरपालिका पनि अछुतो रहन नसकेको हुँदा स्वास्थ्य तथा शिक्षा शाखा संगको समन्वयमा योजना बनिसकेको र देवदह नगरपालिका नगरबासीको स्वास्थ्यको लागि अत्यन्तै जिम्मेवार रहेको र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्न सधै लागिरहेको बताए ।
कार्यक्रममा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष तथा केरवानी स्वास्थ्य चौकी देवदह–२ का प्रमुख काशीराम रेग्मीले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सचेतनामूलक कार्यक्रम गरिएको बताए ।
देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले अहिले सवैतिर आँखा पाक्ने रोकको प्रकोप देखिएको भन्दै यसबाट जोगिने उपायका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्याल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष कमल थापा क्षेत्री, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका सचिव दृष्टि विशेषज्ञ डा. प्रभात जिसी, देवदह नगरपालिका वडा नं २ का वडाध्यक्ष दल बहादुर राकसकोटी, वडा सदस्य णप्रसाद न्यौपाने, प्रसाद गुरुङ, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका कोषाध्यक्ष लियो लक्ष्मण सुनार, क्लवका सचिव सन्देश बेल्बासे, देवदह १ छ नं. चोकका प्रहरी प्रमुख कृष्ण बहादुर बिश्वकर्मालगायतले बालेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दृष्टि विशेषज्ञ डा. प्रभात जिसीले आँखा पाक्ने रोगको बारेमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए । उनले यो रोग सर्ने माध्यम तथा रोग लाग्नुका कारण, यसबाट बच्ने उपायहरु, यसको उपचार, यसका प्रकार, खतराका चिन्हहरू, रोग लागिहालेमा अपनाउनु पर्ने व्यवहारहरु, समुदायमा गरिने गलत अभ्यास र यसका जोखिम तथा रोगको जटिलताको विषयमा प्रष्ट पारेका थिए ।