© २०२३
लमही, १९ साउन ।
देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।
उनी १५ साउनमा सवारी दुर्घटनामा परेर निधन भएका आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउनउन देवघाट पुगेका थिए । बेपत्ता भएका उनको शव फेला नपरेकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।