ट्रेंडिंग:

>> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

ज्योतिष विद्याको विश्वमा आकर्षण बढ्दो

विश्व ज्योतिष महासंघमा ४७ देशका ज्योतिषहरु संगठित भएर कमी कमजोरी हटाउँदै एकसुत्रमा बाँधिएका छन् । प्रदेशमा एक हजार बढी ज्योतिषहरु रहेका छन् ।
१९ श्रावण २०८०, शुक्रबार
१९ श्रावण २०८०, शुक्रबार

बुटवल, १९ साउन ।

आधुनिक विश्वमा ज्योतिष विद्याको महत्व र आकर्षण बढ्दै गएको छ । आम नागरिकको भुत, वर्तमान र भविष्य त्रिकाल नै बताउन सक्ने विद्याका रुपमा रहेको यो परिचित छ । आधुनिक अध्ययनका धेरै विषयमध्ये यो युवाहरुमाझ आकर्षण बढेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले दाबी गरेका छन् । अन्य जुनसुकै विषयको मूल विद्याको श्रोतका रुपमा ज्योतिष विद्या भएको हुदा यसको महत्व र आकर्षण बढेको उनीहरुको दाबी गरेका हुन् । हिन्दु धर्मावलम्बीहरुले मान्ने आसौच, ज्योतिषशास्त्र र वास्तुशास्त्रका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्न भन्दै बुटवलमा पहिलोपटक धर्म, ज्योतिष तथा वास्तु सम्मेलन २०८० मा बोल्ने वक्ताहरुले सो कुरा जोड दिएका हुन् । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी पुजा सामग्री भण्डार सहआयोजनामा शुक्रबार र शनिबार दुई दिने सम्मेलन चल्नेछ ।

कार्यक्रमको उद्घाटन गर्दै नयाँ गाउँ मुक्तिनाथ धामका संरक्षक ब्रह्मनिष्ठ सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले ज्ञानको सागरमा दर्शन र स्नान हुने अवसरका रुपमा कार्यक्रम महत्वपूर्ण भएको बताए । धर्म सभा आफैमा पूर्ण हुने भन्दै उनले ज्योतिषलाई चिन्न र मनन गर्न ब्यवहारमा लागु गर्न सुझाव दिए । ज्योतिष विद्या महत्वपूर्ण विषय भएको दाबी गर्दै उनले विश्वमा नै यो विद्या अहिले मुख्य आकर्षणको विषय भएको बताए । परापुर्व कालमा हाम्रा परमपुज्य गुरुहरुको योगदानकै कारण अहिले हामी अहिले यो अवस्थामा रहेको छ ।

डार्बिनको विकासको सिद्धान्त वा न्युट्रनको सिद्धान्तलाई स्विकार नगर्ने भन्दै ब्रह्मको सृष्टि मात्र मान्ने वा स्वीकार्ने बताए । ज्योतिष सिद्धान्त सबैभन्दा पहिले उत्पत्ति भएको दाबी गर्दै यो नै विज्ञान भएको दाबी गरे । ‘ज्योतिष वैज्ञानिक हो’—उनले भने । अहिलेको विज्ञानलाई आफू स्वीकार नगर्ने तर्क दिदै उनले शास्त्रको उदाहरणहरु दिए । ज्योतिष शास्त्रमा आकास गंगाको गणना भएको छ । हिन्दु धर्मको नीति भनेको धर्म सिन्धु र निर्णयसिन्धु भएको दाबी गर्दै उनले यसमा चल्न सके लोकको कल्याण हुने बताए ।

ग्रह, खड्गो जस्ता विपत्तिको उपचार ज्योतिषशास्त्र भएको दाबी गर्दै धेरै समस्या समाधानको उपायहरु यसमा रहेको बताए । ज्योतिषहरुबीचको मतभिन्नतालाई छोड्न सुझाव दिंदै उनले यम र नियम पालना गर्नुपर्ने बताए । एकतामा बल हुने हँुदा धेरै संस्था बनाउने भन्दा पनि एउटै संस्थामा जुट्न उनले आग्रह गरे । एउटा घरपरिवारदेखि जगतसम्मको समस्या ज्योतिषमार्फत समाधान हुने हुँदा पनि आफ्नो महत्वलाई बुझ्नुपर्ने आग्रह गरे । धर्मसभा गर्न आफ्नै सभाहल निर्माण गर्न उले सुझाव दिए ।
हामी दान माग्ने नभई दान दिनेको सन्तान भएको दाबी गर्दै उनले त्यो संस्कृतिलाई जोगाउने रुपमा बताए ।

कार्यक्रममा चैतन्य कृष्ण, प्रमुख वक्ता देवमणी भट्टराई, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेल, समाजसेवी टंक पराजुलीले विश्वमा नै फलित ज्योतिषले मानिसहरुको भुत, वर्तमान र भविष्य बताउने हँुदा त्रिकालदर्शी मानिने दाबी गरे । “परिणाम दिने हँुदा पनि यो महत्वपूर्ण छ । फलादेश कसरी गर्ने भन्ने विषयमा समेत ब्याख्या हुनेछ”–उनले भने ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले धेरै महत्वपूर्ण विषयमा सम्मेलन हुन लागेको बताए । धर्म, ज्योतिष र वास्तुबाट मानवशान्ति प्राप्त हुने दाबी गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले आयातित धर्महरु हाम्रो परापुर्वको धर्ममाथि प्रहार गरेको दुःखेसो गरे । जनभाषाका रुपमा हाम्रो बेद र पुराणलाई लैजान नसक्दा पछि परेको उनले बताए । धर्म, संस्कृति र संस्कारलाई ब्यवस्थित गर्दै जनजनमा पुर्याउने गरी अभियान थाल्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख वक्ता देवमणी भट्टराईले ज्योतिष परामर्श केन्द्र वास्तवमा रिसर्च सेन्टर भएको दाबी गरे । जहाँ नयाँ नयाँ अध्ययन र अनुसन्धान हुने उनले बताए । “ज्योतिष एउटा गौरवशाली विषय हो । जसको पाठक हामी हुनु नै महत्वपूर्ण छ”–उनले भने ।

धर्मशास्त्र अन्तर्गत आशौच परिचय र निर्णयहरु प्रा. डा. देवमणि भट्टराई, ज्योतिश शास्त्र अन्तर्गत बैदेशिक यात्रा उप प्राध्यापक लक्ष्मीप्रसाद बराल तथा वास्तु र जीवनको बारेमा डा. माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रम निष्कर्ष निकालेर घोषणापत्र समेत जारी गरिने र मुखपत्रका रुपमा पुस्तक प्रकाशन गरिने विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए ।

हिन्दु धर्मावलम्बीहरुले मान्ने आशौच, ज्योतिषशास्त्र र वास्तुका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्ने र निचोड निकाल्ने गरी कार्यक्रम गरिएको नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य एवं सम्मेलन ब्यवस्थापक सुन्दर भण्डारीले बताए । कार्यक्रममा ५ सय सहभागी रहेको उनले बताए ।

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?