Butwal Today

माओवादी केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले धारण राख्ने क्रम जारी रहने

१९ श्रावण २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ, १९ साउन ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।  गत बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् ।

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।