© २०२३
सुनवल, १८ साउन ।
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा रहेको एक मन्दिरका पुजारी माथि चक्कु प्रहार भएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ भक्सिपुरमा रहेको रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डे माथि चक्कु प्रहार भएको हो । एक व्यक्तिले बिहीबार दिउँसो साढे तीन बजेतिर पाण्डेको टाउकोमा चक्कु प्रहार गरी मोबाईल लुटेर फरार भएको छ ।
टाउकोमा चोट लागेका पाण्डेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ । पाण्डे दुई वर्ष देखि उक्त मन्दिरको पुजारी थिए ।