© 2026
भैरहवा, १८ साउन ।
मृगौला रोग पीडित गुल्मीका शिव बहादुर रास्कोटीलाई लियो जिल्ला परिषद ३२५ पि नेपालद्वारा १ लाख ५५ हजार ५ सय सहयोग रकम हस्तान्तरण गरिएको छ ।
वेस्टर्न बाइनोना ग्रुप यूएइको आर्थिक सहयोगमा लियो जिल्ला परिषद ३२५ पि नेपालका निवर्तमान अध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. १ स्वतन्त्र उम्मेदवार लिलामणि न्यौपानेको पहलमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
लियो जिल्ला परिषद ३२५ पि नेपालको माध्यमबाट गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं. २ पल्लीकोट निवासी मृगौला रोग पीडित शिव बहादुर राष्कोटीलाई रु १ लाख ५५ हजार ५ सय रकम उपलब्ध गराएको छ ।
लियो जिल्ला परिषद ३२५ पि नेपालका उपाध्यक्ष लियो आकाश पौडेल, जिल्ला सचिव ऋतु ज्ञवाली, एरिया चिफ राहुल कसौधन, रिजन चिफ सन्दिप लाल श्रेष्ठ, साथै जिल्ला सल्लाकार अब्दुल साजिद रविन जोशी, वरिष्ठ अध्यक्ष सल्लाहकार मदन थापा फैज शाहा र अध्यक्ष सल्लाहकार यमलाल पाण्डेद्वारा हस्तान्तरण गरिएको लियो जिल्ला परिषद ३२५ पि नेपालले जनाएको छ ।