© २०२३
गुल्मी, १८ साउन । भीरबाट लडेर गुल्मीमा एक महिलाको ज्यान गएको छ । गुल्मीको मुसिकोट नगरपालिका ४ अन्र्तगत डाँडाथोक निवासी वर्ष ३६ की फुलकुमारी नेपालीको आज बिहान ज्यान गएको हो ।
बिहिबार बिहान नौ बजे उनी आफ्नी छोरी र छिमेकीहरु सहित स्थानीय ढुंगेठाँटी हर्लेखानी सामुदायीक वनमा घाँस काट्न गएकी थिईन । घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर करिब दुइ सय मिटर तल खस्दा उनको घटनास्थलै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताएका छन ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट घटनाको थप अनुषन्धानका लागि प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटना स्थल सदरमुकाम तम्घासबाट करीव ३३ मिटर उत्तरमा पर्दछ ।