© २०२३
बुटवल,१८ साउन । सहकारी पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनसहित बानेश्वरतिर जान लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका थिए ।
उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ ।
सहकारीहरूले निक्षेप फिर्ता दिन नसकेको भन्दै पीडितहरू प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले आफूहरूको वचत रकम फिर्ता गराउन राज्यले पहल गर्नुपर्ने माग गरेका छन्।
उनीहरुले सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले पहल गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।