बुटवल, १६ साउन। नेपाली युवाहरुलाई स्वदेशमा नै उद्यमीकरण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने एक कार्यक्रममा बोल्न बक्ताहरुले जोड दिएका छन् । उनीहरुले स्वदेशमा नै युवा उद्यमीकरणका गर्दै देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने कुरामा जोड दिएका हुन ।
नेपाली युवा उद्यमी मञ्चले युवाहरु विदेश पलायन हुने कारण र त्यसले समाजमा पारेको असरबारे सोमबार रुपन्देहीमा गरेको छलफलमा बोल्ने बक्ताहले सो कुरा बोलेका हुन । कार्यक्रममा संघिय सांसद तथा राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रिय सदस्य डा. स्वर्णिम बाग्लेले देशको नेपालको अर्थतन्त्रको बर्तमान अवस्था र भविष्यका बारेमा आफनो धारणा राखेका थिए ।
त्यसै गरी संघीय सांसद मनिष झाले नेपालको अर्थतन्त्रबारेमा आफ्नो धारणा राख्दै अर्थतन्त्र बलियो बनाउन सके मात्र विकासले गति लिन सक्ने बताए । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, संघका पुर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, सिटिजन्स ईन्टरनेशनल बैंकका प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठ, शिखर ईस्योरेन्सका प्रदेश प्रमुख किरण काफ्ले लगायतले बोल्दै युवाहरुलाई स्वदेशमै स्वरोजगारी वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।