ट्रेंडिंग:

>> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल

नगरपालिकाले मनपरि कर बढाएपछि स्थानीय आन्दोलित

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

नवलपुर, १५ साउन ।

जनताको ढाड सेक्ने गरी स्थानीय तहले करमा भारी बृद्धि गर्न थालेपछि नवलपुरका स्थानीय आन्दोलित भएका छन् ।

पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको राजस्व परामर्श समितिले देवचुुली नगरपालिकाका जनताका लागि एक सय प्रतिशतदेखि एक हजार दुई सय पचास प्रतिशत सम्म करमा वृद्धि गरेपछि त्यसका विरुद्ध स्थानीय आन्दोलित हुनुु परेको देवचुुलीका समाजसेवी डिल्लीराम कडरियाले बताए ।

आर्थिक वर्ष २०७९।८० मा एउटा किराना पसल खोल्न रु एक हजार कर लिने नगरपालिकाले अहिले आर्थिक वर्ष २०८०।८१ बाट भने सात हजार सम्म कर लिने निर्णय गरेको र हरेक फर्म दर्ता गर्दा कर एक सय प्रतिशतदेखि एक हजार दुई सय पचास प्रतिशत सम्म तोकेपछि स्थानीयले नगरपालिकाकमा तालाबन्दी नै गरी आन्दोलनमा उत्रिएका देवचुली नगरपालिकामा नगरप्रमुखका प्रत्यासी बनेका स्थानीय समाजसेवी अशोक बस्ताकोटीले बताए ।

नगरपालिकाले नगरबासीको ढाड सेक्ने गरी हरेक विषयमा अत्यधिक कर उठाउने निर्णय गरेपछि स्थानीयले तालाबन्दी गरी कर नघटे सम्म कुुनै पनि किसिमको कर नबुुझाउन र आन्दोलनमा सकृय हुुन आह्वान गरिएको देवचुुली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धर्मराज बस्यालले बताए ।

नगरपालिकाले हालैको नगरपरिषदमा कुुनै सदस्यलाई थाहा नै नदिई नगरप्रमुख र उपप्रमुुखले जबर्जस्त करको दायरा अत्यधिक बढाएपछि नगरबासीमा नैराश्यता बढेको दलदलेका स्थानीय सरोज आचार्यले बताए ।

नगरपालिकाले सिफारिश दस्तुुरमा एक हजार प्रतिशत सम्म बढाएको छ भने मदिरा उद्योग संचालन गर्न र नवीकरण गर्न एक हजार दुुई सय पचास प्रतिशत सम्म कर बढाएको छ । यसै गरी डिपार्टमेन्ट खोल्न यसअघि १७ हजार राजस्व तिर्नुुपर्नेमा अहिले ७० हजार तिर्नुुपर्ने गरी वृद्धि गरेको छ ।
कर वृद्धिको विरोधमा स्थानीय स्वतस्फुर्त आन्दोलनमा उत्रिएपछि स्थानीयले नै नगरपालिकाको मूुल गेटमा तालाबन्दी गरेपछि नगरपालिकाले बार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गरेको र तत्काल बढेको कर नतिर्न र पुुरानै दरमा कर दाखिला गर्न अनुुरोध गरेको नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत मोहन मरासिनीले बताए ।

स्थानीयले भने नयाँ करको दर पुुरै नघटाए सम्म कुुनै बार्ता नै नहुुने र तालाबन्दी पनि नखोल्ने भन्दै थप कडा सर्घषका कार्यक्रमहरु ल्याउने समाजसेवी अशोक बस्ताकोटीले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?