ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

बुटवल कोरा २०२३ तयारी पुरा

गोपाल गहतराजलाई सहयोगार्थ कोरा, डेढ सय जना सहभागी हुदै
११ श्रावण २०८०, बिहीबार
११ श्रावण २०८०, बिहीबार

बुटवल, ११ साउन ।  रुपन्देहीका साईक्लिङ क्लबहरुको आयोजनामा शनिबार बुटवल कोरा २०२३, साइक्लिङ च्यालेन्ज हुने भएको छ । पाथवे र लेविस रेष्टुरेन्टको मुख्य प्रायोजन, टिएलएसडी र राईट एण्ड एशोसियटको सहप्रायोजन, ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल सिटी बुटवल, नवलपरासी जिल्ला साईक्लिङ संघ, साईकल सिटि भैरहवा, साईकल साथी सैनामैनाको सहआयोजनामा कोरा २०२३ हुने भएको हो ।

कार्यक्रमका संयोजक किरण श्रेष्ठले वार्षिक योजनाभन्दा केही ढिलो गरि कार्यक्रम आयोजना गर्न लागेको बताए । बुटवल उपमहानगरपालिका वडा न ११, बुद्घनगरका मृगौला खराब भएका गोपाल गहतराजलाई सहयोगार्थ साईक्लिङ कार्यक्रम हुने उनले बताए । पाच सय रुपैया ईन्ट्री बापत लिईएको कार्यक्रममा सहभागी ४५ किलोमिटर दुरी साईक्लिङ गर्ने छन । रुपन्देही, नवलपरासी जिल्लाका सात वटा क्लबहरुका १ सय ५० जना सहभागी हुने उनले बताए ।

दुर्गा मन्दिरबाट शुरु हुने र्यालि बुटवल, तिलोत्तमा नगरपालिका हुँदै दुर्गा मन्दिरमा आईपुगेर समापन हुनेछ । क्लबका सल्लाहकार गणेश श्रेष्ठले मानव स्वस्थ्यसंग साईक्लिङ जोडिएको हुदा पनि यसको महत्व शहरी जिवनशैलीमा बढेको बताए । पछिल्लोसमय मोफसलमा साईक्लिङप्रति सबै वर्गको आर्कषण उनले बताए । कार्यक्रमबाट बचत रकम सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले कोराको मोफसलमा बुटवलमा भित्र्याएको बताए । कार्यक्रममा क्लबका सल्लाहकार गणेश श्रेष्ठ, बुटवल युनाईटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष शिव चौधरी, तिनाउ साइक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङ, साईकल सिटी बुटवलका मनिष पाण्डे, समाजसेवी रोमित बज्राचार्य, पाथ–वे का संचालक सुरज ज्ञवाली, यम बराल, क्लबका अध्यक्ष सुमन श्रेष्ठले सामुहिक रुपमा कोराको टिसर्ट लन्च गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?