© २०२३
काठमाडौं, १० साउन ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने भएको छ।
गत मंगलबारदेखि सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
आठ दिनसम्म चलेको यो बैठकको बुधबार विभिन्न निर्णय गरेर समापन हुँदैछ। बुधबार सभापति शेरबहादुर देउवाले सबै नेताहरुको सवालको जवाफ दिएपछि बैठक सकिनेछ।
कांग्रेसले विधान संशोधनसहित कार्यका लागि नीति अधिवेशन भने नगर्ने भएको छ। यो बैठकमा पनि नेताहरुले नीति अधिवेशनबारे प्रश्न उठाएका थिए।