ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

बजार अनुगमन गर्दा खाद्यान्न भन्दा मेडिकल अव्यवस्थित

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

रुकुम पूर्व, ९ साउन ।

जिल्लाको सदरमुकाम रुकुमकोटमा सोमबार जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा खाद्यान्न र मेडिकलहरुको अनुगमन गर्दा मेडिकलहरु अव्यवस्थित र दायराभन्दा बाहिर गई संचालन गरेको पाइएको छ । जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ को विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गर्दा धेरै समस्याहरु देखिएका छन् । सोमबार चारवटा मेडिकल, एउटा डेन्टल क्लिनिक र दुइ वटा एग्रोभेट र खाद्यान्न पसलहरुको अनुगमन गरिएको थियो ।

सिस्ने गाउँपालिका ६ छिप्रिदहमा रहेको प्रकाश मेडिकलमा ल्याब कक्ष व्यवस्थित नभएको, सरसफाईको अभाव, अनुमति नलिएर आयुर्वेदिक तथा फुड सप्लिमेट्री सामानहरु बेच्ने गरेको, फार्मेसी तर्फ दक्ष जनशक्तिको अनुपस्थिति रहेको पाइएको छ । यस्तै बिना तापक्रम मेन्टेन फ्रिजमा टिटी खोप राखेको, लागू औषध तथा मनोदिपक औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नवीकरण नगरेको लगायतका समस्याहरु पाइएको रुकुमपूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिए ।

छिप्रिदहमै रहेको अर्को मनज्ञा सिटी हस्पिटलमा पनि ल्याब सेवा व्यवस्थित रुपमा सञ्चालनमा नरहेको, अनुमतिबिना आयुर्वेदिक तथा कस्मेटिक र फुड सप्लिमेट्री सामानहरु बिक्री गर्ने गरेको, रेबिज विरुद्धको र टिटी खोप बिना तापक्रम मेन्टेन राख्ने गरेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ । यस्तै डिग्रे शाइकुमारी मेडिको फार्मामा अनुमतिबिना आयुर्वेदिक सामान बिक्री, भ्याक्सिन भण्डारण नमिलेको, नार्कोटिक औषधि बिक्री वितरण गरेको भएपनि यसको अभिलेख नराखेको, अव्यवस्थित रुपमा एक्सरे सेवा सञ्चालनमा रहेको लगायतका समस्या रहेको अनुगमन टोलीमा रहेका रुकुम(पूर्व) अस्पतालका फार्मेसी अधिकृत चतुर्भुच धनाडी बताउँछन् । सिस्ने गाउँपालिका ५ चोकबजार स्थित क्लोनिकाको अगाडि रहेको मेडिकलमा साइनबोर्ड पनि नराखिएको, टिनको छाप्रोमा मेडिकल संचालन गर्दै आएको पाइएको छ । दर्ता नवीकरण पनि नभएको र बिरामी राख्ने, चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ ।

सिस्ने ६ मा रहेको दुईवटा एग्रोभेटमा पनि अनुगमन गरिएको छ । ओली एग्रोभेट एण्ड सप्लायर्स र केसी एग्रोभेटमा अनुगमन गरिएको छ । जहाँ एग्रोभेटमा विषादी र पशुजन्य औषधिहरु एकै ठाउँमा राखेको, सरसफाइको अभाव रहेको पाइएको अनुगमन टोलीमा रहेका एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशु अधिकृत छविलाल घर्ती बताउँछन् । केसी एग्रोभेटमा भने साइनबोर्ड पनि नराखेको पाइएको छ ।

यसैगरी अनुगमनका क्रममा खाद्यान्नतर्फ ५ वटा पसल अनुगमन गरिएको थियो । १७ सय बराबरको म्याद गुज्रिएको बिस्कुट बरामद गरी नष्ट गरिएको छ । यसैगरी ६ बोरा म्याद गुज्रिएको चामल भेटिएको छ । अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकल, एग्रोभेट तथा पसलहरुमा आवश्यकताअनुसार सल्लाह सुझाव दिइएको छ । सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) र घरेलु तथा साना उद्योग कार्यालय रुकुम (पूर्व) को संयुक्त आयोजनामा सोमबार मेडिकल र खाद्यान्न पसलको अनुगमण गरिएको घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका नासू सन्तोष मल्लले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?