ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

मालपोतले उठायो एक बर्षमा ११ करोड 

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार
चन्द्रौटा(कपिलवस्तु), ९ साउन ।   मालपोत कार्यालय चन्द्रौटा कपिलवस्तुले १० करोड ६७ लाख ५५ हजार ८ सय ६ रुपैया राजस्व संकलन गरेको छ । सेवाग्राही मार्फत आर्थिक बर्ष २०७९/०८० मा राजस्व संकलन गरेको मालपोत कार्यालयले जनाएको छ । पारित भएका जम्मा लिखित संख्या ६ हजार २४ रहेको छ । जसमा पुरुष ४ हजार ३ सय ६ र महिला १ हजार ७ सय १८ रहेका छन् । उनीहरुबाट रजिस्ट्रेशन, मोठ, मुद्दा र लाभकर लगायतको र्शीषकमा राजस्व संकलन भएको हो ।
आर्थिक बर्ष २०७८/०७९ मा रजिस्ट्रेशन र लाभकर लगायतको र्शीषकमा गरी कूल १६ करोड ४० लाख २७ हजार ३ सय ८८ संकलन भएको थियो । जुन आर्थिक बर्ष २०७८/०७९ को राजस्व भन्दा ५ करोड ७२ लाख ७१ हजार ५ सय ८२ रुपैयाले कम संकलन भएको मालपोत कार्यालयको बार्षिक प्रतिबेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७८/०७९ मा पारित भएका जम्मा लिखित संख्या ८ हजार २ सय २८ रहेको थियो । जसले गर्दा राजस्व घटेको सहजै अनुमान गर्न सकिन्छ ।
मालपोत अधिकृत लक्ष्मण प्रसाद चालिसेले पछिल्लो समय कोभिड पछि देशभर आर्थिक मन्दीले आम नागरिक थलिएको कारणले जग्गाको कारोबार सुस्ताएको बताए । राजस्व घट्नुको मुख्य कारणमा जग्गाको वर्गीकरण ढिला खुल्नु हो । त्यसपछि कित्ता काट खुल्ने हो, जुन सम्बन्धित पालिकाले समयमा खुलाउन नसक्दा पनि राजस्व कम उठेको समेत उनले जानकारी दिए ।
सरकारको जग्गा सम्बन्धि कानुनी प्रावधान समेत केही परिमाणजन भएकोले कारोबार कम भएका कारण लाभग्राहीहरुको संख्या समेत घटेको चालिसेको भनाई छ । उनका अनुसार जग्गा नामसारी विगतमा एक हजार लाग्ने गर्दा थियो भने अहिले एक हजार थपिएको छ । जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि दस्तुर वापत ५ सय रुपैया लाग्ने भएको छ । केहि शीर्षकहरुमा भने रकम यथावत रहेको छ । भने चालु आर्थिक बर्षमा अधिकांश र्शीषकमा शुल्क बढेका छ ।
यस्तै तिन पुस्ते नामसारी एक हजार लगथियो, भने हाल दुई हजार लाग्ने गरेको मलापोत कार्यालयको कार्यविधिमा उल्लेख छ । सरकारको निर्देशन तथा कार्यालयको कार्यविधि बमोजिम सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गरिरहेको दावी छ । पछिल्लो समय कार्यालयको बदनाम गर्ने नियतले किर्ते कागजात बनाई जालसाजी गर्ने, सोझासाझा नागरिकलाई फसाउने सक्रिय गिरोहबाट सेवाग्राही सजग रहन कार्यालयले आग्रह समेत गरेको छ । प्रमुख चालिसेले भने “आर्थिक अवस्थाले थलिएका कारण जग्गाको कारोबारमा मन्दी आएको छ, केही समय यता जग्गा किन बेच गर्नेहरु दुबै पक्षबाट लापरवाही भइरहेको छ तर यसलाई सुधार गर्नुपर्ने देखिन्छ ।”
अपराधिक गतिविधिलाई निरुत्साहित गर्न स्थानीय प्रहरी, प्रशासन लगायत सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी सेवा प्रवाह गरेको उनले जिकिर गरे । विगतको तुलनात्मक रुपमा भने कम भएको छ । अब भने गैर कानुनी क्रियाकलाप न्यूनीकरणको प्रयास रहेको जनाए । कार्यालयको नाममा जग्गा खरिद भएपनि बजेट अभावले भवन बनाउन नसक्दा सेवाग्राहीलाई सेवा प्रवाहमा सास्ती भइरहेको मालपोत कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?