© २०२३
चन्द्रौटा(कपिलवस्तु), ६ साउन ।
उर्जावान लगानी समूहको अध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको समूहको शनिबार भएको प्रथम साधारसभा तथा अधिवेशनबाट पौडेल चयन भएको लगानी समूहले जनाएको छ । पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिका पदाधिकारी चयन भएको जनाइएको छ ।
जसको उपाध्यक्षमा मिना जैसी, सचिवमा टेकराज पौडेल, सह–सचिवमा सगुन खड्का र कोषाध्यक्षमा दिनेश बेल्वासे लगायत निर्विरोध चयन भएको जनाइएको छ । यसैबीच समूहको सल्लाहकार रहेका कृष्ण बहादुर रावलले समूहमा उठेको रकमको सदुपयोग गर्न जरुरी रहेको बताए ।
खासगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा आमनागरिकहरु जीवनस्तर माथि उकास्निे बताउँदै समूहको प्रगतिको कामना उनले व्यक्त गरे । समूहलाई अगाडी बढाउने योजना प्रस्तुत गर्दै सफलताको शुभकामनासमेत रावलले दिए ।
यस्तै समूहकी निर्वतमान अध्यक्ष सुशिला रायमाझी, दिनेश बेल्वासे लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । स्थापनाकालदेखि असार मसान्तसम्म ९ लाख ४३ हजारको बराबरको गरेको समूहको प्रतिवेदनमा उल्लेख छ ।
स्थापना भएको एक बर्षको समय अवधीमा हाल समूहमा ७८ जना सदस्य रहेका छन् । भने समूहको आर्थिक गतिविधिलाई चुस्तादुरुस्ता राख्नका लागि समयानुकूल बैंकिङ प्रणालीमामार्फत कारोबार गर्दै आएको समूहले आएको जनाएको छ ।