ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना
यु–१६ युथ फुटबल लिग :

चर्च ब्वाइजमाथि संकटाको जित

५ श्रावण २०८०, शुक्रबार
५ श्रावण २०८०, शुक्रबार

काठमाण्डौ, ५ साउन।  काठमाण्डौमा जारी एन्फा यु–१६ युथ फुटबल लिगमा चर्च ब्वाइज क्लवमाथि संकटा क्लवले ४–१ को फराकिलो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी युथ लिगमा बिहीवार संकटाले चर्च ब्वाइजमाथि फराकिलो जित निकालेको हो ।

जारी लिगमा संकटाको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा भने संकटा एपिएफसँग २–१ ले स्तब्ध भएको थियो । चर्च ब्वाइजले भने लगातार दोस्रो हार बेहोरेको छ । यसअघि पहिलो खेलमा चर्च ब्वाइज फ्रेण्ड्स क्लवसँग २–० ले पराजित भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा संकटाका लागि सबिनकुमार लुंगेली मगरले दुई गोल तथा रूपेश भुजेल र कृष्णबहादुर आलेले समान एक गोल गरे ।
चर्च ब्वाइजका कुनाल जिम्बाले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा संकटाका दिलेन लिम्बूले डिएरियाभित्र प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार चर्च ब्वाइजका रोहन परियारले सहजै बचाउ गरे । तर, २४औं मिनेटमा सविनले गोल गर्दै संकटालाई अग्रता दिलाए । मनिष थापामगरले दिएको लामो पास नियन्त्रणमा लिँदै सविनले गोल गरेका हुन् । त्यसको चार मिनेटपछि नै संकटाले अर्को गोल गर्यो । किशोरकुमार दनुवारको कर्नर पासमा सविनले हेडमार्फत दोस्रो गोल गरे ।

पहिलो हाफको थप समयमा दिलेनको अर्को प्रहार चर्च ब्वाइजका गोलकिपर रोहनले मुस्किलले बचाउँदा संकटाले फराकिलो अग्रता लिने अवसर गुमायो । दोस्रो हाफमा पनि संकटाले दुई गोल थप्दा चर्च ब्वाइजले एक गोल फर्कायो । ५३औं मिनेटमा कुनाल जिम्बाले लामो पास नियन्त्रणमा लिँदै काउन्टर अट्याकमार्फत गोल गरे । त्यो गोलसँगै चर्च ब्वाइज खेलमा फर्केन संकेत गर्यो । यद्यपि, ८० औं मिनेटमा संकटाले तेस्रो गोल गर्यो । चर्च ब्वाइजका डिफेन्डर युर्गेन रुम्बाले ब्याक पास नियन्त्रणमा लिन नसक्दा उक्त बल खोस्दै संकटाका रूपेश भुजेलले गोल गरेका हुन् । ८५औं मिनेटमा संकटा अर्को गोल थप्दै फराकिलो जिततर्फ अग्रसर भयो ।

डिएरियामा चर्च ब्वाइजका खेलाडीले लडाएपछि संकटाले पेनाल्टी अवसर पायो । उक्त पेनाल्टीमा कृष्णबहादुर आलेले गोल गर्दै संकटालाई फराकिलो जित दिलाए । कुल १० टोली सहभागी युथ लिगमा दोस्रो चरणको खेल शुरु भएको छ । आगामी ६ महिनासम्म चल्ने लिगमा मनाङ र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिष्पर्धा गर्दैछन् । लिगका खेलहरु एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा हुनेछन् । उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?