© २०२३
बुटवल, ४ साउन होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले जिल्लाभित्रमा रहेका टोल गठन प्रक्रिया शुरु गरेको छ । बिहिबार बुटवलमा भएको देबिनगर, माझगाउ, बुद्धनगर, रानीगंज टोलको संयुक्त भेलाबाट प्रकाश भण्डारीको संयोजकत्वमा ९ सदस्यीय टोल गठन भएको छ । जसको सहसंयोजक काशीराम अर्याल, सचिव गिरीराज भुषाल, कोषाध्यक्ष मिना अधिकारी, सदस्य राम प्रसाद पाण्डे, बिर बहादुर भण्डारी, कृष्ण न्यौपाने, मन बहादुर चौधरी र लक्ष्मण खत्री सर्वसम्मत चयन भएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले व्यावसायिक हकहितका लागि संगठनको आवश्यक पर्ने बताए । हरेक पेशा ब्यवसायको हकहितको कुरा गरिरहदा आफनो कतब्र्य र उत्तरदायित्वलाई भुल्न नहुने समेत उनले सुझाव दिए । पर्यटनमा टेवा दिने होटल ब्यवसाय उपभोक्ताको सन्तुष्टीलाई ध्यानमा राखेर सेवा दिनुपर्ने उनले बताए ।
कार्यक्रममा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले नया नेतृत्व निर्वाचित भएसंगै ब्यवसायीको हकहितमात्र नभई क्षमता अभिवृद्धिका कार्यक्रमलाई तिब्रता दिएको बताए । रुपन्देही जिल्लामा छरिएर रहेका ब्यवसायीहरुलाई संगठित गर्दै नेतृत्व र पेशागत क्षमता अभिवृद्धिलाई प्राथमिकता दिएको उनले दाबी गरे । कार्यक्रममा देबिनगर प्रहरी बिटका प्रमुख लक्ष्मण न्यौपाने, वडा नं १७ का वडा सदस्य राम प्रसाद न्यौपाने, कार्यक्रम संयोजक केशव राज पाण्डेले समुदायमा सबै क्षेत्रको सहभागी र सहकार्य जरुरी रहेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी