ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

घोराही उपमहानगरपालिकामा लक्ष्य भन्दा बढी राजश्व संकलन

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

दाङ, २ साउन ।

दाङको घोराही उपमहानगरपालिकाले गत बर्षको तुलनामा आव.२०७९÷०८० मा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । देशको आर्थिक अवस्था कमजोर रहँदा पनि घोराहीले राजश्व संकलनमा भने प्रगति हासिल गरेको हो । नगरले घर जग्गा रजिष्टे«शन बाँडफाडबाट १४ करोड ५६ लाख २६ हजार आठ सय ८४ रुपैयाँ ८१ पैसा र नगरको राजश्व शाखा तथा १९ वटै वडाबाट २० करोड ७३ लाख २७ हजार पाँच सय ७१ रुपैया ७२ पैसा गरी जम्मा ३५ करोड २९ लाख ५४ हजार चार सय ५६ रुपैया ५३ पैसा राजश्व संकलन गरेको घोराही उपमहानगरपालिकाका लेखा अधिकृत लोकमणी शर्माले जानकारी दिए ।

उपमहानगरपालिकाले राखेको लक्ष्य भन्दा बढी राजश्व संकलन हुनुमा राजश्व शाखा तथा वडामा राजश्वमा काम गर्ने कर्मचारीको सक्रियता, मालपोत, सम्पती तथा व्यवसाय करमा दिइएको जरिवाना छुट, राजश्व गस्ती टोली परिचालन र करदातामा कर सचेतना बढ्नु मुख्य कारक रहेको उनको भनाई छ । करको दररेट खासै हेरफेर नहुनु र दायरा समेत नबढ्दा पनि यतिका राजश्व संकलन हुनु ठुलो उपलव्धि रहेको शर्माले बताए ।

जम्मा १७ करोड ५० लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा आर्थिक बर्ष २०७९÷०८० मा २० करोड ७३ लाख २७ हजार पाँच सय ७१ रुपैया ७२ पैसा संकलन भएको र १४ करोड घरजग्गा रजिष्ट्रेसनबाट प्राप्त हुने लक्ष्य राखेकोमा १४ करोड ५६ लाख २६ हजार आठ सय ८४ रुपैया ८१ पैसा संकलन भएको छ । राजश्व शाखा प्रमुख कृष्ण केसीले वडागत रुपमा सवै भन्दा बढी १५ नम्वर वडाबाट तीन करोड १६ लाख ८४ हजार चार सय ८३ रुपैया २६ पैसा र वडा नम्वर १४ बाट एक करोड २१ लाख सात सय ७४ रुपैया सात पैसा राजश्व संकलन भएको बताए ।

चालु आर्थिक वर्षमा राजश्व संकलन प्रभावकारी बनाउन राजश्व गस्ती टोली परिचालन, कर संकलनमा संलग्न कर्मचारीको क्षमता अभिवृद्धि, व्यवसाय तथा मालपोत सम्पत्ती करमा असोज मसान्त सम्म १० प्रतिशत छुट तथा विगतका बर्षको बक्यौंतामा जरिवाना छुटको व्यवस्था गरिएको केसीको भनाई छ ।
मोवाईल बैंकिङ प्रणाली र क्यूआरकोड मार्फत भुक्तानी लिने तयारी
करदातालाई आकर्षित गर्न यस बर्षदेखि सुत्रमा आधारित सरकारी सफ्टवेयर जडान, प्रत्येक वडामा मोवाईल बैंकिङ प्रणाली, क्यूआरकोड मार्फत भुत्तानी, घरमै बसेर पनि कर तिर्ने व्यवस्था मिलाउन थालिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जानकारी दिए । नागरिकलाई सजिलो होस् भनेर यस्तो प्रणाली अपनाउन थालेको प्रशासकीय अधिकृत घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?