ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

रोल्पाबाट ५६ करोड बढी विकास बजेट फिर्ता

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

रोल्पा, २ साउन ।

रोल्पामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत वजेट मध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पँुजीगत विकासका लागि आएको रकम मध्ये ५६ करोड १५ लाख ९० हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता गएको हो ।

रोल्पामा संघ तर्फका विभिन्न योजनाका लागि ८३ करोड २३ लाख ४३ हजार र प्रदेश तर्फ विभिन्न योजनाका लागि एक अर्व ३२ करोड ८४ लाख १८ हजार गरी कुल दुई अर्व १६ करोड सात लाख ६१ हजार बजेट प्राप्त भएको थियो । खर्च हुन नसकेर फिर्ता गएको उक्त रकम कुल वजेटको करिव २६ प्रतिशत हो ।

यसरी प्राप्त भएको वजेट मध्ये संघ तर्फका विभिन्न योजनाका लागि ५७ करोड ७४ लाख ८७ हजार र प्रदेश तर्फका विभिन्न योजनाका लागि एक अर्व दुई करोड १६ लाख ८३ हजार गरी कुल एक अर्व ५९ करोड ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाले जानकारी दिएको छ ।

खर्च हुन नसकेर फिर्ता गएको बजेट मध्ये संघको २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको ३० करोड ६७ लाख ३४ हजार रहेको छ ।

जिल्लामा संघ तर्फ पाँच अर्व ८३ करोड २६ लाख ९० हजार र प्रदेश तर्फ ७९ करोड ७३ लाख ४५ हजार गरी चालु तर्फ छ अर्व ६३ करोड ३५ हजार रुपैयाँ प्राप्त भएको थियो । चालु तर्फ प्राप्त वजेट मध्ये संघको पाँच अर्व ४० करोड २२ लाख नौ हजार र प्रदेश तर्फ ६२ करोड ७४ लाख ४४ हजार गरी कुल छ अर्व दुइ करोड ९६ लाख ५४ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सुचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए ।
घटेन असारे विकास
जिल्लामा प्राप्त विकास वजेट मध्ये ठूलो हिस्सा असारमा खर्च भएको छ । संघ तर्फ प्राप्त ८३ करोड २३ लाख ४३ हजार र प्रदेश तर्फ एक अर्व ३२ करोड ८४ लाख १८ हजार गरी कुल दुई अर्व १६ करोड सात लाख ६१ हजार वजेट प्राप्त भएको थियो ।

सो मध्ये असार महिनामा मात्रै संघको १८ करोड ८३ लाख सात हजार र प्रदेशको ३४ करोड १० लाख ८८ हजार गरी कुल ५२ करोड ९३ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ । यो रकम जिल्लामा प्राप्त विकास वजेटको कुल खर्च भएको वजेटको एक तिहाई हो । जिल्लामा संघ र प्रदेश दुवै तर्फको वर्षभरि कुल एक अर्व ५९ करोड ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको थियो ।

“विकासको ठूलो हिस्सा खर्च हुन नसक्नु र खर्च भएको वजेट मध्ये ठूलो हिस्सा असार भित्रै खर्च गर्नुले विकासको मात्रा र गुणमा नै प्रश्न उठ्छ”– पुर्व सांसद लेखनाथ आचार्यले भने । ११ महिनासम्म घाम तापेर बस्ने र असार महिनामा मात्रै हुने कामको चटारोले अनियमितता र भ्रष्टाचारले समेत प्रश्रय पाउने गरेको पूर्व सांसद आचार्यको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?