ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लव भलिबल लिग

हेल्प नेपाल र नेपाल पुलिसलाई उपाधि

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

काठमाण्डौ, १ साउन ।   सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लव भलिबल लिगमा दुई उपाधि उचाल्ने नेपाल पुलिस क्लवले गुमाएको छ । नेपाल भलिबल संघको आयोजनामा सम्पन्न लिगमा पुलिसको महिला र पुरुष दुवै टोली फाइनलमा पुगेको थियो ।

यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न पुरुषतर्फको फाइनलमा पुलिसलाई फाइनलमा हेल्प नेपाल क्लबले ३–१ ले पराजित गर्यो । पुलिसको महिला टोलीले भने विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ३–१ को सेटमा हराउँदै लगातार दुई उपाधि जित्यो । यसै महिनाको शुरुवातमा इटहरीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पनि पुलिसले एपिएफलाई हराउँदै उपाधि जितेको थियो । शनिवार क्लव भलिबल लिगको फाइनलमा पनि पुलिसले एपिएफलाई निराश बन्न बाध्य बनायो । पुलिस लिगमा पाँचै खेल जित्दै फाइनलमा पुगेको थियो । पुलिसले जुन अपराजित यात्रा फाइनलमा कायम राख्यो । पहिलो सेट २५–१२ ले सहजै आफ्नो बनाउँदै पुलिसले उच्च आत्मबल बटुल्यो ।

यद्यपि, एपिएफले दोस्रो सेट आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गर्यो । उक्त सेट एपिएफले २५–२१ ले जित्यो । तेस्रो सेटको खेल निकै रोमाञ्चक बन्यो । उक्त सेटमा एपिएफले २१–१८ को अग्रता जोगाउन सकेन । अन्तिम समयमा आत्मबल गुमाएपछि एपिएफले उक्त सेट २५–२३ ले गुमाउन पुग्यो । चौथो सेट पनि पुलिसले २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै लगातार दोस्रो उपाधि जित्यो । उपाधिसँगै पुलिसले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपिएफले तीन लाख रुपैयाँमा चित्त बुझायो ।
तेस्रो स्थानमा रहेको होङवान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नगद एक लाख ५० हजार र चौथो स्थानको त्रिभुवन आर्मी क्लवले नगद ७५ हजार प्राप्त गर्यो । पुरुषतर्पm पनि हेल्प नेपालले आफ्नो अविजित यात्रा कायम राख्दै उपाधि उचाल्यो । हेल्प नेपालले पहिलो सेट २५–१९ ले आनो पक्षमा पार्यो । दोस्रो सेट भने पुलिसले २५–११ ले जित्दै खेलमा फर्कने प्रयास गर्यो । यद्यपि, हेल्प नेपालले तेस्रो र चौथो सेट २५–१८ र २५–१८ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्दै ६ लाख रुपैयाँ प्राप्त गर्यो ।

उपविजेता पुलिसले नगद तीन लाख र ट्रफी प्राप्त गर्यो । तेस्रो स्थानको आर्मीले नगद एक लाख ५० हजार प्राप्त गर्यो । चौथो भएको एपिएफले नगद ७५ हजार प्राप्त गर्यो । लिगमा महिलातर्फ पुलिसकी पुनम चन्द र पुरुषमा हेल्प नेपालका अइमल खान सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट दुवैले जनही ३५ हजार रुपैयाँ पाए । विधागत उत्कृष्टतर्फ लिबेरोमा पुलिसकी शान्तिकला तामाङ, सेटरमा पुलिसकै कमला पुन, स्पाइकरमा पुलिसकी उषा भण्डारी, प्रशिक्षकमा रूपेश बिष्ट र उदीयमान खेलाडीमा सुमित्रा रेग्मी चयन भए ।

एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए । पुरुषमा हेल्प नेपालका टोप हादुर थापा उत्कृष्ट लिबेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदीयमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए ।
विधागत उत्कृष्टले जनही नगद १५ हजार र उदीयमान खेलाडीले जनही १० हजार रुपैयाँ पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?