ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

मंगलबारबाट एक महिने मत्स्येनारायण (मलमास) मेला शुरु

मलामासमा  मत्स्येनारायणस्थित नागकुण्डमा स्नान गरे रोगहरु नष्ट हुने विश्वास रहेको छ । पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दश अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ ।
१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

काठमाण्डौ, १ साउन ।   मत्स्येनारायण (मलमास) मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । साउने २ गते मंगलवार (प्रतिपदा) देखि मेला शुरु गर्नका लागि मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा गरेको जनाएको हो ।

मत्स्येनारायण मन्दिरमा पत्रकार सम्मेलन गरि चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अच्युत अधिकारीले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । मलमासको एक महिना अन्य भगवानको पूजा आराधना नहुँदा पुरुषोत्तम (विष्णु) भगवानको पूजा आराधना हुने बताए । मेलाको सम्पूर्ण तयारी सकिसकेको र दर्शनार्थीका लागि आवश्यक दर्शनको सहज प्रवन्ध मिलाइएको छ ।

मन्दिर परिसरमा जाने सडक मार्ग पनि व्यवस्थित र निर्माण गरिएको छ । मेलामा जाने वृद्धवृद्धा, शारीरिक अशक्त भएका भक्तजनहरुका लागि सहज व्यवस्थापन गरिने उनले बताए । त्यस्तै मत्स्येनारायण मन्दिरका पुजारीका अनुसार मलमासको मेला मंगलवारबाट शुरु हुने र मलामास एउटा औंसीदेखि अर्को औंसीमा गएर समापन हुने बताए ।

प्रत्येक पाँच वर्षमा २ पटक र ३ वर्षमा एक पटक मेला लाग्ने गर्छ । सौर्यमण्डल र चन्द्रमण्डलको गतिमा केही अन्तर आउँदा त्यो अन्तर प्रत्येक १ वर्षमा ११ दिन हुने र त्यही ११ दिन गणना गर्दा ३३ दिन पुगेपछि मलामास शुरु हुने बताए ।

मलामासमा  मत्स्येनारायणस्थित नागकुण्डमा स्नान गरे रोगहरु नष्ट हुने विश्वास रहेको छ । पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दश अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?