ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गाउँमा सिँचाई पुगेपछि सेउघाबासी हर्षित

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

गुल्मी, १ साउन ।  आकाशे पानीको भरमा मौसमी तथा बेमौसी खेती गर्दै आएका सेउघावासीलाई गाउँमा सिँचाई सुबिधा पुगेपछि उनीहरूको लामो समयदेखिको अधुरो सपना पुरा भएको छ । रैदी सेउघा सिंचाई आयोजना मार्फत घरघरमा सिँचाई सुबिधा पुगेपछि त्यहाँका कृषकहरू झनै खुसि बनेका छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ४ स्थित सेउघामा सिंचाई आयोजना पुगेको हो । सिँचाई सुविधाको अभावमा उक्त क्षेत्रमा वषौंदेखि आकाशे पानीको भरमा कृषकले खेती गर्दै आएका थिए । उक्त ठाउमा अहिले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीले सिंचाई योजनाको काम सम्पन्न गरेपछि त्यहाँका कृषकलाई सहज भएको हो । सिंचाई अभावमा निकै कष्टपूर्ण अवस्थामा तरकारी खेती गर्दै आएका कृषकहरूले सिंचाई सुबिधाको माग गरेका थिए ।

चार वर्ष पहिलेबाट भगवती कृषि दर्ता गरेर कृषि गर्दै आएका झबि पाण्डेले सिंचाई सुबिधा नहुँदा खानेपानी मध्येबाट निकै कष्टपूर्ण अवस्थामा तरकारी खेती गर्दै आएको बताए । उनले अहिले मौसी र बेमौसी तरकारी खेती उत्पादन गर्दै आएका छन् । पानीको अभावमा सेउघामा व्यवसायीक रूपमा तरकारी खेती गर्नेको संख्या निकै कम थियो । अहिले त्यस स्थानमा सिंचाई योजना सम्पन्न भएपछि एक कार्यक्रमका रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी र वडाअध्यक्ष लिलाधर आचार्यले काम सम्पन्न भएको सम्झौता पत्र उपभोक्ता समिति र जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीलाई हस्तान्तरण गरेका हुन् ।

सिंचाई योजना सम्पन्न भएपछि त्यस स्थानका कृषकहरूलाई मौसमी र बेमौसी तरकारी खेती उत्पादन गर्न आकाशे पानी कुर्नु पर्ने बाध्यता अत्य भएको छ । रैदीखोलाबाट करिब ३० वर्ष पहिले कुलो बनाएर पानी ल्याएर स्थानीयले सिंचाई गर्ने गर्दथे । तर त्यो कुलो तम्घास सिमलटारी सडक बिस्तारको क्रममा क्षतीभएपछि त्यहाँका कृषकहरू निराश थिए। अहिले करिब ३० वर्ष पछि पानीआएपछि कृषक उत्साहित भएका छन् ।

सिंचाई आयोजना हस्तातरण गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आयोजनाबाट अधिकत्तम फाइदा लिन कृषकलाई आग्रह गरे । यस क्षेत्रका कृषकले यो सिंचाई आयोजनाबाट मौसमी र बेमौसमी तरकारी खेती उत्पादन गर्न तर्फ जोड दिए । अहिले नगरपालिकाको नीति उत्पादन तर्फ बढि ध्यान केन्द्रीत रहेको पन्थीले बताए । कृषकले उत्पादन गरेका तरकारी लगायतका बाली बेच्नका लगि नगरपालिकामा हाटबजार रहेकाले कुनै समस्या नहुने बताए । रैदि सेउघा सिंचाई आयोजना २०७९ साल फागुन ११ गते असार मसान्त सम्म काम सम्पन्न गर्नेगरि सम्झौता गरिएको थियो । निर्माण व्यवसायिले तोकिएकै मितिमा उक्त योजना सम्पन्न गरेका छन् ।

सेउघामा सिंचाई सुबिधा पुगेपछि २ सय रोपनी क्षेत्रफलमा सिंचाई सुबिधा हुनेभएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले बताए । रैदी खोलाको पानी कल्पना समेत नगरेको स्थानमा सिंचाई सुबिधा पुर्याउन सफल भएको सापकोटाले बताए । रैदी खोलामा सानो टंकी निर्माण गरेर पाइप मार्फत पानी सेउघामा लगिएको हो । २ हजार ४ सय मिटर परबाट साठी एमएमको पाइप मार्फत पानी पुगेको हो ।

सिंचाई सुबिधाका लागि त्यसका लागि २ वटा टंकी निर्माण गरिएको छ । जसमा १ सय २० घन मिटरको र अर्को १९ घनमिटरको टंकी निर्मँण भएको सापकोटाको भनाई छ । रैदी सेउघा सिंचाई आयोजना ३८ लाख ३८ हजार ३ सय २२ रूपैयाँको लागतमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष नवराज कुँवरले बताए । छोटो अबधिमा काम सम्पन्न गरेर अहिले कृषकका घर घरमा सिंचाई पानी पुगेको उनले बताए ।
उब्जाउ योग्य जमीन भएको स्थानमा सिंचाई सुबिधा पुगेपछि त्यहाँका कृषकहरू कृषि कर्म तर्फ लाग्न उत्साहित बनाएको स्थानीय कृषक कुँवरले बताइन् । पहिले खाना खाएर हात चुठेको पानी संकलन गरेर लसुन लगायत तरकारी लगाउने गरेको स्मरण गराइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?