ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ
तिलोत्तमा उद्योग वाणिज्य संघको नवौ साधारण सभा

उद्योगीको चिन्तामा सरकारको ध्यान नगएको गुनासो

३० असार २०८०, शनिबार
३० असार २०८०, शनिबार

बुटवल, ३१ असार ।

आर्थिक समस्यामा रहेका उद्योगीहरुको पक्षमा सरकारको ध्यान जान नसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले गुनासो गरेका छन । शनिबार सम्पन्न तिलोत्तमा उद्योग वाणिज्य संघको आठौ, नवौ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका उद्योगीहरुको पिडामा सरकारको ध्यान जान नसकेको गुनासो गरेका हुन् ।

संघका अध्यक्ष गुणानिधि भण्डारीले नीजि क्षेत्रको योगदानप्रति सरकार उदार भएको गुनासो गरे । निजी क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा ७७ प्रतिशत लगानी छ भने कुल ग्राहस्थ उत्पादनमा करीब ८१ प्रतिशत योगदान र करिब ८५ प्रतिशत श्रम शक्तिलाई रोजगार दिन सफल भएको उनले दाबी गरे । उद्योगी, ब्यवसायी र सर्वसाधारणको उपक्रमबाट ८५ प्रतिशत राजश्व उठ्छ । विभिन्न समस्या एवं चुनौती भोग्न बाध्य निजी क्षेत्र भुकम्प, बाढी पहिरो जस्ता दैविप्रकोप, विश्वब्यापी महामारी कोभिड १९, शक्तिशाली राष्ट्रहरुबीच हुने युद्ध जस्ता समस्या छन् भने कहिले राज्यबाट आउने विभिन्न नीति नियमका कारण उद्योगी ब्यवसायी ग्रसित भएको बेला सरकारबाट पहल नभएको दुःखेसो गरे । बैंक तथा वित्तीय संस्थाहरु अस्वाभाविक रुपमा वृद्धि गरेको ब्याजदरको विरोधमा नेपाल राष्ट्र बैकमा ज्ञापनपत्र बुझाई ध्यानाकर्षण गराएको, संघको भवनदेखि पश्चिमतर्फ सिद्धार्थ राजमार्गबाट भवन प्रवेशका लागि स्पष्ट मार्गदर्शन हुने गरी लोकनाथ पथमा तिलोत्तमा नगरपालिकाको बजेट र संघको पहलमा संयुक्त लगानीमा प्रवेशद्वार निर्माण भएको उनले बताए । औद्योगिक ग्राम निर्माणका लागि बजेट बिनियोजन गरे अनुसार उक्त ग्राममा उद्योग संचालनका लागि सहकार्य गरि छिट्टै उद्योग स्थापनार्थ पहल गर्ने बताए ।

कृषिलाई प्रोत्साहन र अर्गानिक तरकारी खेतिका लागि तिलोत्तमा नगरपालिकासंग सहकार्य गरी तरकारी खेतीका लागि पहल गर्ने, रुग्ण उद्योग र क्रसर उद्योगका लागि ब्यवसाय कर बढी तोकिएको हुँदा तिलोत्तमा नगरपालिकासंग सहकार्य गरी घटाउन पहल गर्ने, गुणस्तर र अनुगमनलाई सहजीकरण गर्ने, विशेष मेला तथा महोत्सवलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रमको एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रमुख कृष्ण शर्माले उदघाटन गर्दै उद्योगीको हितमा नीतिगत योजना ल्याउन महासंघमार्फत पहल जारी रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले नेपालमा आयात दु्रत गतिमा बढेको र निर्यात घटेको बताए । स्वदेशमा उत्पादन नहुँदा अहिले यो समस्या उत्पन्न भएको उनले बताए । भारतबाट अधिकांश कच्चा पदार्थको भन्सार दर बढी, संचालन खर्च बढी जस्ता कारणले गर्दा उद्योग स्थापना गर्दा नै महङ्गो हुने तर्क गर्दै भारतमा जस्तो सरकारी अनुदान समेत नदिदा नेपालमा उद्योग चलाउनु कठिन देखिएको उनले बताए ।

अहिले सरकारबाट ब्याज दर समेत अत्यधिक बढाएको उनले दुःखेसो गरे । भारतमा संचालन भएको मौद्रिक नीति नेपालले उतार्न नसक्नु अर्को दुःखद भएको उनले बताए । नेपालमा उद्योगको सम्भावना खोजेर त्यस अनुसार नै सरकारलाई सल्लाह सुझाव दिने महासंघको योजना रहेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले कारोबार घट्ने तर ब्याज बढ्ने वर्तमान कठिन समस्यालाई सरकारबाट ध्यान हटाएको दुःखेसो गरे । सरकारलाई तिरेको कर अनुसार सरकारबाट कुनै प्रकारको सहुलियत पाउन नसकेको उनले दुखेसो गरे । धेरै पटक आफू समस्या बुझाउन कार्यालयहरुमा धाउँदा समेत कुनै सुनुवाई नभएको उनले गुनासो गरे । विदेश पलायन नै बिकल्प बनाउने गरि सरकार लागेको उनले आरोप लगाए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य महासंघका अध्यक्ष उज्ज्वल कसजु, भैरहवा भन्सार कार्यालयका प्रमुख धनिराम पौडेल, संघका महासचिव राम कुमार पाण्डे, नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष बेलप्रसाद शर्माले राज्य संचालनका लागि अधिकतम राजश्व निजी क्षेत्रबाट प्राप्त हुने हुँदा पनि यो क्षेत्रमा सरकारबाट सहयोग हुनुपर्ने बताए ।

कार्यक्रममा श्रीलंकामा भएको तेस्रो अन्तर्राष्ट्रिय स्तरीय कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता संयम कंडेल, यु–१६ राष्ट्रिय क्रिकेट टिमबाट स्वर्ण पदक विजेता तिलोत्तमा नगरपालिका निवासी प्रतिक भट्टराईलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?