ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
सातौं प्रधानमन्त्री कप क्लव भलिबलः

 त्रिभुवन आर्मी विजयी

२७ असार २०८०, बुधबार
२७ असार २०८०, बुधबार

काठमाण्डौ, २७ असार   विभागीय त्रिभुवन आर्मी क्लवले एपिएफमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै जारी सातौं प्रधानमन्त्री कप क्लव भलिबल लिगमा पुरुषतर्फ फाइनलको सम्भावना बलियो बनाएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधवार आर्मीले दुई पटक सेटमा पछि परेको अवस्थालाई उल्ट्याउँदै विभागीय प्रतिद्वन्दी एपिएफमाथि रोमाञ्चक जित निकालेको हो ।

पहिलो सेट एपिएफले २५–१८ ले आफ्नो पक्षमा ल्याएपनि दोस्रो सेट भने आर्मी २५–१६ ले जित्यो । एपिएफले फेरि तेस्रो सेट २६–२४ ले आफ्नो बनाउँदै अग्रता लियो । यद्यपि, निकै रोमाञ्चक बनेको तेस्रो सेटमा आर्मीले २८–२६ ले सफलता पायो । एपिएफले एक पटक म्याच पोइन्टको अवसर पाए पनि सदुपयोग गर्न सकेन । उल्टै आर्मीले त्यसको फाइदा उठायो ।

प्रतिष्पर्धात्मक बनेको पाँचौं तथा निर्णायक सेट आर्मीले १७–१५ ले सफलता निकाल्दै महत्वपूर्ण दुई अंक बटुल्यो । लगातार चौथो सफलतासँगै आर्मीले चार खेलबाट ११ अंक बटुलेको छ । समान खेलबाट एपिएफ १० अंकसहित तेस्रो स्थानमा छ । चार नै खेल खेलेको पुलिसको ९ अंक छ । पुलिसले बुधवार नै उपाधि दाबेदारका रूपमा हेरिएको टिपटप हेल्प नेपाल क्लबसँग ३–२ ले हार व्यहोरेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो । यता, जितपछि भने हेल्प नेपाल चार खेलबाट ११ अंक बटुल्दै शीर्ष स्थानमा यथावत छ ।

सात क्लव सम्मिलित लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । बुधवार हेल्प नेपालले निकै रोमाञ्चक बनेको खेलमा बलियो टोली पुलिसमाथि २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा सफलता निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । बिहीवार आर्मीले पुलिसबिरुद्ध र हेल्प नेपालले एपिएफसँग खेल्नेछ । यी खेलमा जित निकाले आर्मी र हेल्प नेपाल फाइनलमा पुग्नेछ । पुरुषकै अर्को खेलमा सैलुङ बाघढुङ्गा स्पोैटस क्लवले दावाँली मिलन क्लवलाई ३–२ को सेटमा हरायो ।

सैलुङले दावाँलीलाई २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ ले पराजित गर्यो । यो सफलतासँगै सैलुङले दुई अकं जोड्यो । यी दुवै टोलीको फाइनल पुग्ने सम्भावना यसअघि नै समाप्त भैसकेको छ । महिलातर्फ बुधवार भएको खेलमा पुलिसले अन्तिम सेटमा उत्कृष्ट पुनरागमन गर्दै विभागीय प्रतिद्वन्दी एपिएफमाथि ३–० को सोझो सेटमा सफलता निकाल्दै फाइनलमा स्थान बनाएको छ । तेस्रो सेटको शुरुवातदेखि नै ८–२ ले पछि परेको थियो । यो सेटमा लगातार दबाब बनाएको एपिएफ २४–२१ को अग्रतासहित म्याच पोइन्टनजिक पुगे पनि सफलता पाउन भने सकेन । उक्त सेटमा पुलिसले एपिएफलाई २५–१६, २५–१५ र २६–२४ ले हराउँदै फाइनलमा स्थान बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?