ट्रेंडिंग:

>> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?
लुम्बिनी सरकारको एम्बुलेन्स ट्रयाकिङ्गः

न ट्रयाकिङ्ग छ, न जनशक्ति ?

आ.व.२०७६/७७ मा प्रदेश सरकारबाट विनियोजित बजेट ३० लाखबाट ३ जना कर्मचारी व्यवस्थापनसहित प्रदेशका सबै जिल्लाका गरी ६० एम्बुलेन्सहरुमा जिपिएस डिभाइस जडान गरिएको थियो । अर्को बर्ष देखि प्रदेशमा दर्ता भएका ३५० भन्दा बढि एम्बुलेन्स लाई जिपीएस जडान गरी ट्राकिङ्गको काम गर्ने भनिएपनि अहिले यसको नाम निसाना देखिदैन ।
२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार

बुटवल, २६ असार ।   २०७७ साल साउन महिनाको ८ गते तत्कालिन समाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वाथ्य निर्देशनालयमा एक कार्यक्रम गरि ‘एम्बुलेन्स ट्राकीङ्ग सिष्टम’ को शुरुवात गरे ।

प्रदेशमा दर्ता भएका सबै एम्बुलेन्सहरुमा जिपीएस प्रणाली जडान गरी कहाँ कुन स्थानमा कति नम्बरको एम्बुलेन्स सञ्चालन भैरहेको छ, कुन स्थानमा छ भन्ने विवरण सर्वसाधारणले पनि थाहा पाउने र सोको विषयमा २४ सै घण्टा जानकारी दिने भन्दै विशेष युनिट नै खडा गरिएको थियो । जसको लागि जिपीएस प्रणाली जडान र कर्मचारी व्यवस्थापनमा स्वाथ्य निर्देशनालयले लाखौको मुल्यमा रकम समेत खर्च गरेको थियो । तर अहिले यो सेवा बन्द छ ।

तत्कालिन सामाजिक विकास मन्त्री सुर्दशन बरालले भनेका थिए–‘अव सर्वसाधारणले एम्बुलेन्स नपाउने दिन गए, समयमा नै उम्बुलेन्स पाउँछन्, त्यो पनि सरकार ले नै तोकेको दर रेटमा ।’ सेवा शुभारम्भ भएको मुस्कीलले २ बर्ष चलेपनि यसबाट जनताले आशातित लाभ भने लिन सकेनन् । प्रदेशको स्वाथ्य निर्देशनालयका प्रमुख डा. विनोद कुमार गिरीका अनुसार आगामी साउन महिनाबाट पुनः चलाउने तयारी गरिएको छ । एम्बुलेन्स ट्राकिङ्ग जिपीएस सिस्टमको लागि भर्ना गरेका कर्मचारीहरु राजीनामा दिएर गएको, स्वाथ्य निर्देशनालय समेत दाङ जिल्लामा सरेको कारण सेवा बन्द भएको निर्देशक डा. गिरीको भनाई छ ।

उनी भन्छन्–‘अव हामी आफै ट्राकिङ्ग गछौ, कम्पनीलाई जिपीएस जडान पछि प्रति महिना एक एम्बुलेन्स बापत रिचार्ज गर्न पाच सय रुपैयाँ तिर्नुपर्ने थियो, पैसा पनि भएन, कार्यालय पनि सारियो, बन्द गरियो ।’  उनले अव जीपीएस प्रणाली एम्बुलेन्स चालक संस्थाले नै जडान गर्ने र त्यसको ट्राफिकङ्गको काम प्रदेशको निर्देशनालयले गर्ने योजना रहेको बताए । निर्देशक डा. गिरीले थपे–‘परिक्षा दिएर नियुक्ती भएका कर्मचारीले राजीनामा दिएपछि, समस्या आएको हो, अव बैकल्पीकबाट लिएर यो काम साउनबाट सुरुवात हुन्छ ।’

आ.व.२०७६/७७ मा प्रदेश सरकारबाट विनियोजित बजेट ३० लाखबाट ३ जना कर्मचारी व्यवस्थापनसहित प्रदेशका सबै जिल्लाका गरी ६० एम्बुलेन्सहरुमा जिपिएस डिभाइस जडान गरिएको थियो । अर्को बर्ष देखि प्रदेशमा दर्ता भएका ३५० भन्दा बढि एम्बुलेन्स लाई जिपीएस जडान गरी ट्राकिङ्गको काम गर्ने भनिएपनि मुस्कीलले २ बर्ष पनि चनलेको यो सिस्ष्टमा आशाति रुपमा जनताले लाभ लिएको पाइएको थिएन, छैन पनि ।
एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि ल्याएर काम गर्ने तयारी गरिएको थियो । पहिलो चरणमा जडान गरिएको जिपिएस डिभाइसका लागि प्रति एम्बुलेन्स ५ हजार खर्च भएको तथा उनिहरुले वार्षिक ६ हजार इन्टरनेट प्रदायक संस्थालाई शुल्क बुझाउनु पर्ने हुन्छ । हटलाईन सुविधाका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी ३ जना कर्मचारी व्यवस्था गरिएको थियो । अहिले ति कर्मचारी कुनै पनि छैनन ।

हटलाईन नम्बरमा सम्पर्क हुदैन

स्वाथ्य निर्देशनालयले २४ सै घण्टा एम्बुलेन्सबारे सेवा दिन, चालकको फोन नम्बर सहित कुन एम्बुलेन्स कहाँ छ भन्ने विषयमा जानकारी दिन भन्दै सर्वसाधारणका लागि हटलाईन नम्बर ०७१–४२०४९६ सार्वजनिक गरेको थियो ।जुन सेवा अहिले बन्द छ ।
सामान्य एक जना कर्मचारी व्यवस्थापन गरी उक्त नम्बरमा आएको फोन लाई प्रतिक्रिया दिने र आवश्यक एम्बुलेन्सको नम्बर उपलब्ध गराउन सकिने अवस्था हुँदा हुदै निर्देशनालयबाट व्यवस्था गरिएको यो फोन नम्बरमा अहिले सम्पर्क नै हुदैन । फोन नम्बर डायल गर्दा वित्तीकै ‘तपाईले डायल गर्नुभएको फोन नम्बरमा सम्पर्क हुन सकेन’ भनेर सूचना प्रवाह हुने गरेको पाईन्छ ।

 


वेभसाईटमा भने सक्रिय

निर्देशनालयले आफुले सेवा प्रवाह गरेको दावि गरिएको यो हटलाइन फोन नम्बर भने अहिले पनि निर्देशनालयको वेभसाईट https://hd.p5.gov.np/ मा अहिले पनि छ । जहाँ स्क्रोलमा नम्बर उल्लेख गरी वेभ साईट पनि दिइएको छ । तर उक्त नम्बरमा फोन लाग्दैन । कार्यालय राप्ती उपत्यका भालुवाङ्ग दाङमा सरेको र कार्यालय व्यवस्थापन हुँदा वित्तीकै सेवा सुरुवात गर्ने तयारी गरिएको निर्देशनालयको दावि छ । तर यसमा जडान व्यवसायी आफैले गर्ने त्यसको ट्राकिङ्ग मात्रै निर्देशनालयले गर्ने तयारी गरिएको हो ।

सरकारको निर्देशन मान्छौ : चालक संघ

संयुक्त एम्बलेन्स चालक संघले प्रदेश सरकारले ल्याएको जिपीएस प्रणालीले सहि भएपनि त्यसको पूर्ण कार्यान्वयन र पालनमा सरकार नै चुकेको बताएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देही अध्यक्ष मान बहादुर गुरुङ्गले प्रदेश सरकारको जिपीएस प्रणालीमा रुपन्देही बाट १८ वटा एम्बुलेन्स आवद्ध भएको भएपनि अहिले यो सेवा बन्द हुँदा समस्या भएको बताए ।उनले सरकारले वि.स. २०७८ साल भदौ २३ गते ल्याएको निर्देशिका अनुसार १० बर्ष पुराना साधन विस्तापित गर्नुपर्ने, अनिवार्य रुपमा एसी सहितको सेवा एम्बुलेन्समा प्रदान गर्नुपर्ने, मोनिटर पनि राख्नुपर्ने जस्ता कुरा ल्याउनुमा स्वागत योग्य भएको भएपनि यसको लागि सरकारी निकायबाट व्यवस्थापन हनुपर्ने बताए । उनले भने–‘हामी सेवा र सर्त मान्न तयार छौ, तर सरकारबाट नै वास्ता भएको छैन, जसले गर्दा समस्या आएको हो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?