ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

समाजवादी माेर्चाले बनायाे ४ सदस्यीय कार्यदल, सातै प्रदेशमा कार्यक्रम गर्ने

२३ असार २०८०, शनिबार
२३ असार २०८०, शनिबार

काठमाडौँ ।

समाजवादी मोर्चा नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ। शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो।

मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशको राजधानी सहरहरुमा केही दिन भित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

त्यसैगरी बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ।

‘बैठक मोर्चाका नेता माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न भयो। यो बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लव लगायत चार वटै पार्टीका दोस्रो तहका नेताहरु पनि संलग्न थियौं,’ पाण्डेले भने, ‘बैठक बडो सौहाद्रपूर्ण ढंगले सम्पन्न भयो। समाजवादी मोर्चा गठन भएको २३ दिन बितेको छ। तर प्रथम बैठक अलि ढिलो भयो भनेर हामी सबैले महसुस गर्‍यौं। र, यो मोर्चाको उद्देश्य, यसको गठनबाट देशले पाउने कुरा र अहिलेको लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने कुरा यसबारेमा हामीले मनग्गे छलफल गर्‍यौं।’

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहेकाे पनि उपाध्यक्ष पाण्डेले बताए।

‘यो छलफल पश्चात र, यसका सन्देशहरु दिनका लागि हामीले सातै प्रदेशका राजधानीहरुमा कार्यक्रम गर्छौ। त्यो कार्यक्रम कुन–कुन मितिमा गर्छौं भन्ने कुरा चाँही आउँदो २७ गते घोषणा हुन्छ,’ उनले भने, ‘२७ गते दोस्रो बैठक हाम्रो यही हुन्छ। र, आज ४ जनाको कार्यदल बनेको छ। त्यसको नीति, त्यस्तै गरेर आचारसंहितालगायतका कार्यक्रमहरु तय गर्ने काम चाँही त्यो कार्यदलले तयार पारेर ल्याउने छ। र, सामान्यतयाः यो मोर्चाको ६÷६ महिनामा अध्यक्षता गर्ने, एक जनाले ६ महिना गर्ने, त्यसपछि अर्को ६ महिना अर्को नेताले गर्ने यस्तो खालको सरसल्लाह भएको छ।’

कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेश हुने र पारित हुनेछ। उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६÷६ महिनामा परिवर्तन गर्ने सहमती पनि गरिएको छ।

‘त्यो सबै टुंगो पनि आउँदो बैठकले गर्नेछ । लगभग समझदारी त्यही छ। त्यो समझदारी टुंगो नहुन्जेल माधव कुमार नेपालले नै बैठकको अध्यक्षता गर्नुहुनेछ । कार्यदलमा चार जना हुनुहुन्छ। एकीकृत समाजवादीको उपाध्यक्ष प्रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका नेता खडगबहादुर विश्वकर्मा उहाँहरु चार जना रहेको कार्यदल बनेको छ। त्यो कार्यदललेल अव बाँकि सबै यो समाजवादी मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम र भावी हुने सबै प्रोग्रामको बारेमा तय गर्नेछ,’ उनले भने।

नेताहरूले मोर्चाको बैठक बस्न ढिलाई भएको स्विकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?