ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

रास्वपा महामन्त्री भन्छन् : माओवादी प्रतिपक्षमा बस्ने ल्याकत छैन

२३ असार २०८०, शनिबार
२३ असार २०८०, शनिबार

भैरहवा, २३ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले लडाकु शिविर प्रकरणका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नरहेको दावी गरेका छन् । उनले माओवादी कहिल्यै पनि सरकारभन्दा बाहिर निस्कन नसक्ने बताए ।

रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका महामन्त्री ढकालले पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस–एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिए । उनले कांग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दावी गरे । उनले भने, ‘माओवादी सरकारमा टाँसिरहन्छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने हो भने रास्वपा प्रतिपक्षमा बस्छ । २०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो । पुराना पार्टीहरुले सरकार चलाउनुपर्छ र रास्वपा प्रतिपक्षमा बस्नुपर्छ । यसले २०८४ को ग्राउण्ड क्लीयर हुन्छ ।’

उनले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिनुभएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीले आफ्नो पदको मर्यादा नराखेको देखिएको बताए । उनले रास्वपाले पनि सहयोग गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको र पछि रास्वपा सरकार बाहिर गएको बताए । उनले दिल्लीसँग आफूले प्रधानमन्त्री बनाउन लबिङ गरेको जस्तो प्रचण्डले स्वीकार्नुभएको देखिएको बताए ।

महामन्त्री तथा प्रवक्ता ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । किन बोल्नुभयो । उहाँले स्पष्ट पारेको आधारमा हामीले थप टिप्पणी गर्नेछौं ।’नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार बिना विकल्प प्रधानमन्त्रीको राजीनामा माग्न नहुने बताए ।

उनले भने, ‘यो कुरा एमालेले बुझ्नुपर्छ ।’ अहिलेको प्रदेश सरकारबाट जनताको अपेक्षा पूरा हुन नसक्ने र प्रदेश सरकारको माध्यमबाट नेता कार्यकर्ताको व्यवस्थापन भइरहेको उनको भनाइ छ । प्रदेश सरकार भनेको धेरै सांसद र मन्त्री मात्रै हुनु भन्ने नरहेको उनले बताए । प्रदेशप्रति रास्वपाको विमत्ति नरहे पनि यति धेरै सांसद र मन्त्री स्वीकार्य नरहेको ढकालको भनाइ छ ।  रास्वपा विचारमा स्पष्ट भएको र पार्टीले एकल बहुमतको सरकार बनाएर जनताले खोजेको परिवर्तनअनुसार अघि बढ्ने बताए । उनले भने, ‘नियोजित तत्वले पार्टीमाथि आक्रमण गरिरहेका छन् । केही पक्षले भ्रम फैलाइरहेका छन् । यसले हामीले सचेत बनाएको छ । जनताको आकर्षण रास्वपाप्रति कमी छैन । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?