© २०२३
भैरहवा, २२ असार ।
नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधि विरुद्ध लागेको भन्दै चार जना पार्टी सदस्यलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
शुक्रबार नगर बैठकबाट पुर्व नगर सचिव नारायणप्रसाद भण्डारी सहित रामचन्द्र रेग्मी, कृष्ण गुरुङ र रोशन थापालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरिएको नेकपा एमाले नगर अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिए ।
त्यसैगरी पार्टीको बैठकले ३ दिनभित्र सदस्यता नवीकरण गराउने, केन्द्र, प्रदेश र जिल्लाका अध्ययन परिपत्रले निर्देशन गरे अनुसार कार्यान्वयन गर्ने, पार्टी प्रशिक्षण गर्ने, जनवर्गीय संगठनका बैठक, भेला आयोजना गर्ने लगायतका निर्णय गरिएको अध्यक्ष थापाले बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नगर इन्चार्ज भूमिश्वर ढकालले यो वर्ष एमालेको अधिवेशन वर्ष भएकाले सबै सदस्यहरुलाई आ–आफ्नो ठाउँबाट पार्टीका काममा सकृय हुन आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत पोख्रेल, केन्द्रीय सल्लाहकार डा. गितु गिरी, प्रदेश सचिवालय सदस्य अनुप बराल, प्रदेश सदस्यहरु राजेन्द्रप्रसाद पन्थी, लक्ष्मी कोइराला, डासुराम पाण्डे, सागर अधिकारी, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उप सचिव हितराज पन्थी, माया कंडेल, प्रदेश सल्लाहकार डा. राम प्रसाद बस्याल, पुण्य सापकोटा, सचिवालय सदस्य हरि अधिकारी, जिल्ला सदस्य प्रेम कुमार सेन्चुरी, हरि चन्द्र बिक, डिजाइन थापा, सीता काफ्ले, उत्तम कुमार श्रेष्ठ, दिलु कुवंर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।