ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

२१ असार २०८०, बिहीबार
२१ असार २०८०, बिहीबार

काठमाडौँ ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार अपरान्ह पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

थापाले बिहीबार नै सभामुख बाबुराम गौतमसहितलाई जोडेर बहुमत अर्थात ४७ जना सांसद आफ्नो पक्षमा रहेको भन्दै दाबी पेस गरेका थिए।

त्यसलगत्तै खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापा कांग्रेसमा नेता कृष्णप्रसाद सिटौलानिकट हुन्।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तपाईंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु’, प्रदेश प्रमुखले दिएको पत्रमा भनिएको छ, ‘मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु।’

गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बिहीबार दाबी पेस गरेका थिए।

थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेस गरेलगत्तै मुख्यमन्त्री बनेका हुन्। ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ।

थापाले कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेका थिए।

प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन्। कोशीमा ४६ सांसद एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका छन्।

एमालेको नेतृत्वको कोशी प्रदेशको सरकार ढलेपछि नयाँ सरकार गठनको ढोका खुलेको थियो।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दाबढी दलका लागि ४ दिनको समय दिएर नयाँ सरकार गठनको आव्हान गरेका थिए।

प्रदेश प्रमुखले बिहीबार अपराह्न ५ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए।

यसअघि बिहीबार नै एमालेले सभामुखलाई गणना गरेर सरकारको दाबी गरे थापालाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो।

यसअघि गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने सक्दो कोसिस गरेको थियो। तर राप्रपाले यसअघिका चुनावमा पनि एमालेसँग सहकार्य गर्दै आएकाले सरकारकै लागि नयाँ गठबन्धनमा नमिसिने अडान लिएको छ।

यदि राप्रपाले साथ दिएको भए थापाको पक्षमा ५२ सांसद हुन्थे। अहिले कोशीमा राप्रपाका ६ सांसद छन्। राप्रपाको साथ नमिलेपछि थापाले सभामुखलाई समेत गनेर ४७ जना सांसदको समर्थनमा दाबी पेस गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?