ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

लुम्बिनीमा बजेटमाथि छलफल गर्न आज प्रदेशसभाको बैठक बस्दै

१७ असार २०८०, आइतबार
१७ असार २०८०, आइतबार

बुटवल —

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आज आइतबार प्रदेशसभाको बैठक बस्दै छ । यधपि बजेटबारे प्रमुख प्रतिपक्षी दल एमाले विरोध कायमै छ । सत्तापक्षीय सांसद समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्ने र बजेट बारेको छलफल हुनेमा भने आशंका छ ।

असार १ गते अर्र्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए । बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि छलफल सुरु भएको छैन । असार १० गते बजेटमाथि छलफल गर्ने गरी आव्हान गरिएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो ।

त्यसपछि असार १३ गते बैठक बसेको थियो । बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट नीति र सिद्धान्तविपरीत भएको भन्दै विरोध गरेपछि प्रदेशसभामा बजेटले प्रवेश नै पाएको छैन । विपक्षी दल एमालेले मुख्यमन्त्री कार्यालयमा शीर्षक नखुलाई एकमुष्ठ दुई अर्ब बजेट छुट्याएको, प्रदेश बिना कारण निर्देशनालयहरू खारेज गरेको, बहुवर्षीय र क्रमागत योजनाको बजेट कटौती गरेको र आफू अनुकूलका मात्रै बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाउँदै त्यसको कारण माग गरेको छ ।

अवरोधका कारण स्थगित भएको बैठक आज आइतबार बोलाइएको हो । सभामुख तुलाराम घर्तीमगरले राप्ती उपत्याका दाङमा दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको बताए । त्यसका लागि बिहान ११ बजे कार्यपरामर्श समितिको बैठक बसेर प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने तयारी छ ।

सरकार जसरी पनि बजेटमाथि छलफल गरी पारित गर्ने तयारीमा जुटेका बेला विपक्षी दल एमालेले भने आफूले उठाएको प्रशनको चित्तबुझ्दो जवाफ नपाएसम्म प्रदेशसभा चल्न नदिने अडानमा छ । यसअघि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख प्रतिपक्षी एमालेका लीला गिरिबीच असार १४ गते छलफल गर्ने अनौपचारिक सहमति भएको थियो । तर उनीहरुबीच अहिलेसम्म सहमतिका लागि कुनै छलफल भएको छैन ।

एमाले संसदीय दलका नेता गिरीले सरकारले बजेटबारेका माग र प्रश्नबारे अहिलेसम्म कुनै छलफल नगरेकाले यही अवस्थामा प्रदेशसभा चल्न नदिने र विरोधमा उत्रने बताए । बजेट विनियोजन गर्दा समानुपातिक रुपमा विनियोजन नगरिएको, बहुवर्षीय र प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा नराखेको र आफू अनुकूलका अबण्डा बजेट राखेकाले तिनलाई परिमार्जन नगरी एमाले सहमतिमा नआउने उनले बताए ।

यता प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले विपक्षी दललाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास गर्ने नत्र बहुमतबाट अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?