© २०२३
काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा)ले चुनावमा अन्तर्घात गरेको आरोपमा ५ जना केन्द्रीय सदस्यलाई पार्टीबाट कारबाही गरेको छ। शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।
बैठकले पार्टीको विधान मस्यौदा अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने पार्टी प्रचार विभागले जनाएको छ।
त्यस्तै, शनिबार दिउँसो बसेको बैठकले सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठीत पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ।