© २०२३
बुटवल(बुटवल टुडे) असार ।
नेपाल चाटर्डएकाउन्टेन्स संस्था (आईक्यान) बुटवल शाखाको आयोजानामा बुटवलमा आईक्यानका सदस्ययहरुका लागि तीन दिने साना तथा मझौला व्यवसायका लागि एनएफआरएस सम्बन्धित क्षमता विकास कार्यक्रम सुरु गरेको छ । कार्यक्रमको एक कार्यक्रमका विच मंगलबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल चाटर्डएकाउन्टेन्स संस्थाका केन्द्रीय अध्यक्ष सिए. भाष्करसिंह लालाले आईक्यानका सदस्यहरुलाई बलियो बनाउनको लागि क्षमता विकास कार्यक्रम आयोजना गरिएको बताउँदै कर विचौलियाहरुलाई रोक्नको लागि संस्था जहिलेपनि तयार रहेको बताए ।
उनले सदस्यहरुको संस्थागत विकासकालागि आईक्यानले देशका प्रदेश प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत बताए । उनले सबैको साथ र सहयोगबाट मात्रै संस्थागत विकास आवश्यक रहेको भन्दै यसकालागि सहकार्य जरुरी रहेको बताएका थिए ।
तालिम शुभारम्भ अवसरमा आरए. सदस्यको क्षमता अभिवृद्धि कमिटिका अध्यक्ष तथा आईक्यानका केन्द्रीय सदस्य पोषराज नेपालले कर विचौलिया रोक्नको लागि सदस्यहरु नै जिम्मेबार हुनुपर्ने बताएका थिए ।
क्षमता अभिवृद्धि कार्यक्रमको शुभारम्भमा बोल्दै आईक्यान नेपालका केन्द्रीय उपाध्यक्ष सुजन कुमार काफ्लेले नेपालमा सिए.शिक्षाको संभावना बलियो रहेको भन्दै स्वदेशमा नै संभावनाको खोजीगर्न आग्रह गरेका थिए ।
अडान रुपन्देही अध्यक्ष राम प्रसाद पौडेलले अडिटर र सिएका बिचमा कुनै पनि समस्या नरहेको बताएका थिए, उनले कार्यक्रममा पूर्णरुपमा व्यवहारिक हुनेमा अपेक्षा व्यक्त गरे । एक्यान रुपन्देहीका अध्यक्ष प्रदिप भट्टराई कार्यक्रमबाट कुसल प्रशिक्षक समेत हुने गरी तालिम फलदायी हुने बताएका थिए ।
तीन दिन सम्म चल्ने क्षमता अभिवृद्धि कार्यक्रममा आईक्यान बुटवल शाखा संमन्वय समितिका संयोजक सिए. शिवहरी शर्मा, सिए.सञ्जीव ढकाल, सिए. दिपक अधिकारीले विभिन्न विधामा सहजीकरण गर्नेछन् । आईक्यानमा आवद्ध सदस्यहरुको तालिममा सहभागीता रहेको आईक्यानबुटवल शाखा प्रमुख किशोर पराजुलीले जानकारी दिए । सोही कार्यक्रममा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । जसमा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।