© २०२३
चन्द्राैटा(कपिलवस्तु), ४ चैत ।
कपिलवस्तुकाे वडा प्रहरी कार्यालय चन्द्राैटाले अवैध ब्राेइलर कुखुरा नष्ट गरेकाे छ । प्रहरी कार्यालयबाट खटिएको माधव बहादुर खड्काकाे गस्ती टाेलीले विजयनगरतर्फ बाट नम्बर नखुलेको माेटरसाइकलमा अवैधरुपमा शिवपुरतर्फ ल्याउँदै गरेकाे कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शेखर जङ्ग मल्लले ४६ वटा कुखुरा अन्दाजी ३४ हजार ५ सय रूपैया रकम बराबर रहेकाे बताए । उनका अनुसार कुखुरा भारत बाट भन्सार छलि गरि अवैध रुपमा पैठारी गरी ल्याइएको छ । विशेष सुराकीकाे आधारमा नियन्त्रणमा लिएकाे वडा प्रहरी कार्यालयले जनाएकाे छ । कुखुरा नियन्त्रणमा लिइ स्थानीय व्यक्तित्व सञ्चारकर्मी लगायतको राेहाेबरमा नष्ट गरिएको प्रहरीले जनाएकाे छ ।
उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जनाए । वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । यद्यपी सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम रोकिएको छैन् ।