© २०२३
चन्द्राैटा(कपिलवस्तु), ४ असार ।
नागरिक उन्मुक्ति पार्टीकाे शिवराज नगर कमिटिमा उमेश थारु चयन भएका छन् । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-५ भएकाे आइतबार भेलाले थारुलाई सर्वसम्मत चयन गरेकाे पार्टीले जनाएको छ ।
थारुकाे संयाेजकत्वमा २१ सदस्यीय कमिटी गठन भएकाे हाे । उनी लामाे समयदेखि सामाजिक संघ संस्था लगायत शैक्षिक संस्थाहरुमा आबद्ध भएर समाजसेवामा निरन्तर सक्रिय रहेका छन् । विशेषगरी थारु सामुदायिक संस्थासँग जाेडिएर सामुदायिक विकासमा प्रभावकारी भूमिका निर्वाह गरिरहेका स्थानीय अब्दुल मुस्लिम मुसलमानले बताए ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राम मिलन थारुले समुदायको हितका लागि अहाेरात्र खटिएको बताए । आम नागरिकले पहिचानको लडाई गर्न जरुरी रहेकाे उनले बताए । पछिल्लो समय पहिचान खाेज्दा अन्याय गर्ने संकिण साेंच भएकाले गर्दा समुदाय खलवलिएकाे आराेप लगाए ।
राज्यले आफ्ना भावना कहिल्यै नबुझे पनि थारुहरू धर्ती पुत्र भएकाले नेपाली धर्तीकालागि रगत बगाउन पनिपछि नपर्ने उनकाे भनाइ छ । यसैबीच साे पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष भग्गुप्रसाद थारु, जगत बीर थारु र सूर्य कुमार चाैधरीलगायतले सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।