ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित
भैरहवावासीको प्रश्नः

अघोषित लोडसेडिङ गरी, भारतमा बिजुली बिक्री किन ?’

४ असार २०८०, सोमबार
४ असार २०८०, सोमबार

भैरहवा, असार- गर्मीको समयामा बिद्युतले लाइन काट्दा सेवाग्राहीलाई समस्या परेको भन्दै भैरहवा बितरण शाखालाई ध्यानाकर्षण गराएका छन् । अनियमित बिजुली काट्न बन्द नगरे कडा खालको आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

आइतबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र पुगेको बैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगरको टोलीसहित स्थानीयले अनियमित कटौतीका कारण घरमै बस्नै नसकिने अवस्था रहेको बताए । नेपाललाई लोडसेडिङमुक्त घोषणा गरिए पनि पटकपटक विद्युत कटौती किन हुन्छ भन्दै उनीहरुले प्राधिकरणलाई प्रश्न गरेका छन् । उखरमाउलो गर्मीमा जीवन कष्टकर भइरहेको भन्दै अनियमित विद्युत कटौती कहिलेसम्म भन्ने उनीहरुको प्रश्न छ ।
सिद्धार्थनगर १० निवासी टिका जिसीले सरकारले लु चलेको छ बाहिर नजा भन्ने गरेको तर बिधुत प्राधिकरणले पटक पटक लाइन काट्दा समस्यामा परेको बताए ।
“सरकारले ३०० मेगावाट बिजुली भारतलाई बेचेर प्रधानमन्त्रीले १५ वटा रांगा ल्याउनुभयो म बिन्ति गर्छु त्यो बिजुलि फिर्ता ल्याइयोस म १५ वटा रांगा नेपाल सरकारलाई मेरो जग्गा बेचेर, कतै मागेर भएपनि उपलब्ध गराउंछु जीसिले भने ।“

भैरहवा मर्निङ वाक ग्रुपका संस्थापक अध्यक्षसमेत रहेका साहित्यकार विजय सागरले रातको समयमा विद्युत आपूर्ति नहुँदा गर्मीले बालबालिका रोइरहेको र सुत्न नसकेको बताए । उनले अनियमित विद्युत आपूर्तिका कारण विद्युतीय उपकरण बिग्रिएको बताए । उनले भने, ‘जनतालाई दुःख दिन पाइँदैन । लोडसेडिङमुक्त देश घोषणा गरिएको नेपालमा एक दिनमा ४० पटकसम्म लाइन काटिन्छ । कि त लोडसेडिङको तालिका दिनुपर्यो होइन भने नियमित विद्युत आपूर्ति हुनुपर्छ ।’व्यवसायी अरुण लामिछानेले विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रमा विद्युतसम्बन्धी जानकारी लिन खोज्ने प्रयासका लागि पटकपटक फोन गर्दा फोन कहिल्यै नलागेको बताए । उनले भने, ‘विगत ३ वर्षदेखि मैले विद्युत कार्यालयको इमरजेन्सी नम्बरमा फोन गर्दै आएको छु, तर अहिलेसम्म कुरा गर्न पाएको छैन ।’स्थानीय मीना श्रेष्ठले दुःख जनतालाई मात्र दिइएको बताइन् । उनले महंगीबाट पीडित नागरिक अहिले अनियमित विद्युत कटौतीबाट पीडित भएको बताइन् । उनले भनिन्, ‘घरका विद्युतीय उपकरण बिग्रिएका छन्, महंगी बढेको छ । कसरी मर्मत गराउने ?भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष तथा व्यवसायी ओमकार गौचनले रहरले नभइ बाध्यताले विद्युत कार्यालयलाई ध्यानाकर्षण गराउन आएको बताए । उनले भने, ‘रहरले यहाँ आएको होइनौ, समस्या समाधान नभए अब चुप लागेर बस्दैनौ । ’
बैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगरकी अध्यक्ष विनिता श्रेष्ठले जनताले दुःख पाइरहेको बताइन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ की वडा सदस्य निलु श्रीस मगरले सरकारले बाहिर ननिस्कन भन्ने अनि विद्युत कटौती हुँदा घरमा कसरी बस्ने भन्दै प्रश्न गरिन् ।

स्थानीय आकाश पौडेल, सन्त धवल, विष्णु माया शर्मा पौडेल, पूर्व वडा सदस्य रुपमाया पुनलगायतले बोल्दै विद्युत प्राधिकरण समस्या समाधानमा लाग्नुपर्ने बताइन् ।नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर संजय कुमार मिश्रले समस्या समाधानका लागि लागिपरेको आश्वासन दिए । उनले विद्युत कटौती भैरहवाको मात्र नभइ राष्ट्रव्यापी समस्या भएको बताए । उनले भने, ‘पानी परे समस्या स्वतः समाधान हुन्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?