ट्रेंडिंग:

>> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

६ दलको समाजवादी मोर्चा यसैसाता घोषणा हुने, स्थानीय तहसम्म संयन्त्र

२ असार २०८०, शनिबार
२ असार २०८०, शनिबार

काठमाडौँ ।

स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी ६ दलको संयुक्त मोर्चा यसै हप्ता घोषणा हुने भएको छ। प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले दुईतीन दिनभित्र मोर्चा घोषणा हुने जानकारी दिए। उनी मोर्चा गठनको वार्तामा छन्।

मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरु सहमत भएपछि यसको घोषणा गर्न लागिएको हो। माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिस्ट पार्टी मोर्चा बनाउन तयार भइसकेका छन्।

वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान नेपाललाई समेत मोर्चामा समेट्ने प्रयास भइरहेको छ। शुक्रबारको छलफलमा सहमति जुटे मोर्चामा रहने दलको संख्या ६ पुग्नेछ।

संवादमा रहेका नेताहरुले तयार पारेको प्रारम्भिक मस्यौदामा सबै तयार भएपछि मोर्चा घोषणा गर्न लागिएको नेताहरु बताउँछन्।

अहिले केन्द्रमा मात्र रहनेगरी १५ बुँदे कार्यविधि र नीतिगत प्रतिबद्धता बनाइएको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताए। ‘पाँच दल सहमत भइसकेका छौँ,’ उनले नेपालखबरसँग भने, मस्यौदा अध्ययनका लागि दिइएको छ।’

दलहरुले आआफ्ना बैठक राखेर छलफल गरेपछि सबैको सुझाव समेटेर मस्यौदालाई पूर्णता दिने अनि बृहत् कार्यक्रम राखेर घोषणा गरिने एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। ‘बढीमा पाँच गतेभित्र समाजवादी मोर्चा नेपाल घोषणा भइसक्छ,’ उनले  भने, ‘मस्यौदा तयार भइसकेको छ, अब दलभित्र आन्तरिक छलफल गरेर फाइनल गर्छौँ।’

मोर्चामा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गौतमको राष्ट्रिय एकता अभियान चाहिँ संसदमा छैन। डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा माओवादीसँग एकताकै प्रयासमा छ। मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उसले माओवादीकै चुनाव चिह्नमा लडेको हो। उसका १ सांसद छन्।

संसदमा रहेकामध्ये उपेन्द्र यादव नेतृत्वको जसपाका १२ र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका १० सांसद छन्। सबै दल समेटिँदा मोर्चामा ५४ सांसद हुनेछन् र यो संसदको तेस्रो ठूलो शक्ति हुनेछ।

यस्तो छ समाजवादी मोर्चा नेपालको प्रस्तावित संरचना 
नेताहरुका अनुसार मस्यौदामा समाजवादी मोर्चा नेपाललाई अंग्रेजीमा ‘सोसलिस्ट फ्रन्ट नेपाल’ भनिएको छ। आलोपालो अध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ। तोकिएको व्यक्ति र तोकिएको संख्या रहने उल्लेख गरिएको छ। दलहरुका सदस्यताका आधारमा सो संख्या राखिएको छ। ७५३ वटै स्थानीय तहसम्म पुग्नेगरी मोर्चाको संयन्त्र बनाइएको छ।

‘यही मस्यौदालाई दलहरुले दिएको फिडब्याक समेटेर निर्णयार्थ पेस गरिनेछ,’ जसपा नेता श्रेष्ठले भने, ‘यसका लागि बढीमा दुई दिन लाग्छ होला।’

सुरुमा मोर्चा घोषणा गरेर बाँकी काम गर्ने उनले बताए।  ‘प्रदेश र स्थानीय तहसम्मको संयन्त्र लगायतका अरु थुप्रै काम पछि गर्दै जान्छौँ,’ उनले थपे, ‘आलोपालो व्यवस्थाबारे पनि मापदण्ड बनाउँछौँ।  शुक्रबार यही विषयमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भएको छ।

देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान मोर्चा बनाउनुपरेको भट्टराईले बताए। ‘बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी छ,’ भट्टराईले भने।

शुक्रबार नै एकीकृत समाजवादीको सचिवालय बैठकले मोर्चा बनाउन प्रस्ताव गरिएको १५ बुँदे मस्यौदामाथि छलफल गरेर सुझावसहित अघि बढ्ने निर्णय गरेको छ।

अब शीर्ष नेताहरुको बैठक बसेर घोषणा मिति तोक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।  ‘यसैहप्ता मोर्चा घोषणा गर्न अब एकपटक शीर्ष नेताहरुको बैठक बसेर मिति तोक्नुहुन्छ,’ उनले भने।

संसदमा बलियो शक्ति बन्ने, संघीयताको पक्षमा बलियो ढंगले उभिन सकिने भएकैले एकैठाउँमा उभिन परेको जसपाका वरिष्ठ नेता श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?