© २०२३
बुटवल, जेठ- नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलको आयोजना र लायन्स आँखा अस्पताल, सुरक्षित यात्रा नेपालको सहकार्यमा निःशुल्क आँखा परिक्षण गरिएको छ ।
बुटवल नयाँ बसपार्कमा एक दिने निःशुल्क आँखा परिक्षण गरिएको हो । यात्रुहरुलाई सुरक्षित यात्रा गराउने चालकको आँखाको अवस्था ठीक छ, या छैन भन्ने विषयमा परिक्षण गरिएको हो ।
दुर्घटना न्यूनीकरणका लागि चालकको आँखा परिक्षण गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफीक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक होम बहादुर थापाले जानकारी दिए ।
सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले चालकहरूको आँखा परिक्षण गर्दा दुर्घटना न्युनीकरण हुने अपेक्षा गरिएको छ । आँखा शिविरमा ३ सय बढीको आँखा परिक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी बरिष्ठ नायव निरिक्षक हुमानन्द खनालले बताए ।