ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
स्थानीय खबर

छत्रेश्वरीका किसानको खेतबारीको माटो परिक्षण

३२ जेष्ठ २०८०, बिहीबार
३२ जेष्ठ २०८०, बिहीबार

सल्यान(बुटवल टुडे),  जेठ– माटोको अवस्था र उर्वरा शक्तिबारे जानकारी लिएर उत्पादकत्व बढाउने उदेश्यले सल्यानको छत्रेश्वरीमा माटोको नमुना परिक्षण गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र एकिकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोगमा छत्रेश्वरी गाउँपालिकाले किसानको खेतबारिको माटोको नमुना परिक्षण गरेको हो । माटोको अवस्था पत्ता लगाउने र सोही अनुसारको बाली लगाउने व्यवस्थका लागि माटो परिक्षण गरिएको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
८७ जना किसानले संकलन गरेर ल्याएको फरक फरक स्थानको माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ एवं माटोको पिएच मापन गरिएको हो । पिएच मापन गर्दा तटस्थ ५८, क्षारिय १५ र अम्लिय १४ भेटिएको प्राविधिक टोलिले जनाएको छ ।
बुधबार आयोजित माटो परिक्षण शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न माटो परिक्षण शिविर संचालन गरेको बताए । नमुना परिक्षणबाट किसानलाई आफ्नो खेतमा रहेको माटोको अवस्था र कुन बाली लगाउदा उपयुक्त हुन्छ भन्ने जानकारी हुने र यसबाट कृषि उत्पादन बृद्धि गर्न राहत पुग्ने उनको अपेक्षा छ ।
गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले माटोमा भएका उर्वराशक्तिलाई थप बिग्रन नदिनुका साथै सुधारका काम गर्न माटो परीक्षण उपयोगी हुने बताइन् । प्राविधिकको टोलीले बालीनालीका लागि आवश्यक पर्ने खाद्य तत्वका बारेमा पहिचान गरेर सुहाउँदो मल, बीउ एवं विषादी प्रयोगका बारेमा समेत कृषकलाई सुझाव दिएको बताइएको छ ।
एकिकृत कृषि प्रयोगशाला माटो परिक्षण शाखा बिरेन्द्रनगर सुर्खेतका प्रयोग शाहीको प्राविधिक टोलिले माटो परिक्षण गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरु प्रसाद योगी, कृषि विकास शाखा प्रमुख दिपक पुन लगायतले बोल्दै कृषिको व्यवसायिकरणका लागि प्राथमिकताका साथ काम भैरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?