© २०२३
गुल्मी, जेठ –
गुल्मीको गुल्मीदरबार गाउँपालिकाका महिलाहरु व्यवसायीक रुपमा हस्तकला सामग्रि उत्पादन गर्न उत्साहित बनेका छन । गरीबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत मकैको पोस्करबाट टोपी र झोला बनाउने तालिम प्राप्त गरेपछि महिलाहरुमा उद्यमी बन्ने सोंच पलाएको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम वडा नं ५ र ७ का महिला दिदीबहिनीहरुका लागि ठूलापोखरामा तीन हप्ते मकैको पोस्करबाट टोपी र झोला बनाउने सिप सिकाईएको थियो । आफ्नै गाउँघरमा पाईने कच्चा सामग्रि मकैको पोस्करबाट बजारमा पाईने टोपी र झोला भन्दा भिन्न र आकर्षक खालका सामग्रि उत्पादन गर्ने शिप सिकेसँगै सहभागिहरु पनि आफैमा दंग परेका छन ।
दैनिक जीवनमा खासै काममा नआउने, त्यत्तिकै फाल्ने र गाईबस्तुलाई घाँसको रुपमा प्रयोग गर्ने पोस्करबाट पनि त्यति राम्रा बस्तुहरु उत्पादन गर्न सकिने रहेछ भन्दै तालिममा सहभागि मध्यकी मिठु बस्नेतले खुसि व्यक्त गरे । गुल्मीदरबार गाउँपालिकाकी उपाध्यक्ष तारा थापा ढेंगाले पछिल्लो समयमा सजावटका लागि बजारमा हस्तकलाका सामग्रिको राम्रो माग रहेको भन्द यस्ता खालका सामग्रि उत्पादन गरि व्यवसायीक बन्न तालिमका सहभागिहरुमा आग्रह गर्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष थापाले हस्तकलाका सामग्रिको बजारीकरणका लागि पनि पालिकाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकाथिए ।
कार्यक्रममा उद्यम विकास सहजकर्ता भगवती श्रीस र महेन्द्र परियाले तालिमको सहजीकरण गरेका थिए । प्रशिक्षकमा तारा थापा र विना टण्डन रहेका छन् । । उक्त तालिममा सहभागिहरुले आफुले उत्पादन गरेको सामग्रिलाई बजारको सुनिश्चितता गरिदिने हो भने आफुहरु व्यवसायीक रुपमा उत्पादनसँग जोडिने बताए ।