ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
मुख्य खबर

मल तस्करीमा शंकाको घेराभित्र प्रहरी

तस्करी भएर आएको मलको गाडी नवलपरासी बुटवलहुदै पाल्पा पुगेको समेत भेटीएकोे छ । नवलपरासी रुपन्देहीका मुख्यराजमार्गका प्रहरी चौकीहरुमा चेकजाँच गराउँदै पाल्पाको दुर्गम गाउँमा पुग्दा अवधै मल फेर्लापर्नुले मुख्य राजमार्गमा रहेका प्रहरी चौकी,पोष्टहरुका प्रहरी कर्मचारीहरुकै मिलेमतो भएको आशंका छ । गोदाम घरमा समेत तस्करी भएको मल भेटिने गरेको छ ।
३२ जेष्ठ २०८०, बिहीबार
३२ जेष्ठ २०८०, बिहीबार

बुटवल, जेठ- किसानले अहिले धानको बिऊ उमारीरहेका छन् । असारको पहिलो सातादेखि खेतखेतमा रोपाई शुरु हुन्छ । तर किसानमा यो पटक पनि मल नपाइने हो कि भन्ने चिन्ता छ ।
धान रोप्दा डिएपी मल राख्ने गरिएपनि धान जागेको २०–२२ दिनमा टपड्रेसको रुपमा मल राख्ने गरिन्छ । तर त्यो धान रोप्दा सरकारी अनुदानको मल समयमा किसानले मल पाउदैनन । मल पाए पनि तस्करीको मल किनेर हाल्नुपर्ने बाध्यता छ ।
तस्करले बढी मुल्यमा मल बिक्रि गर्नका लागि अहिले भन्सार नाका छलेर मल तस्करी गरिरहेको स्रोतको भनाइ छ । केही दिन अघि पनि बुटवलमा जिल्ला प्रशासन कार्यालयको अनुगमनमा अवैध मल फेलापरेको थियो । अहिले ती मल सम्बन्धीत व्यक्ति वा सप्लायर्सलाई फिर्ता गरेको भन्दै उक्त मल रातारात गायब पारेका छन् ।
यतिमात्रै होईन भैरहवा नाकाबाट भित्रीएको अबैध मल पहाडी जिल्ला पाल्पासम्म पुगेको पाइएको छ । यसरी मलको अवैध कारोबार भएको जानकारी पाएसंगै नेपाल प्रहरीले विभिन्न नाकाबाट भित्रीएको अवैध मल नियन्त्रणमा लिइ कानूनी कारवाही अगाडी बढाएको बताएको छ । प्रहरीले अहिले नवलपरासी, रुपन्देही, कपिलबस्तुका बिभीन्न नाका प्रयोग गरेर तस्करहरुले ठुलोे मात्रामा मलको तस्करी गरीरहेको पाएपछि खोजवीन कार्य अगाडी बढाएको हो ।
तस्करी भएर नेपाल भित्रीएका केही युरीया मल बुटबलमा समेत फेला परेको थियो । बुटबलमा रहेको ढकाल एग्रो भेटमा भारतको ट्याग लगाएको ४९ बोरा मल बरामद गरेका थियो । जिल्लाको अनुगमन समितीले फेला पारेको भएपनी रातारात मल गायबगराएर सञ्चालकलाई उन्मुक्ती दिन खोजेकोपछि प्रशासनप्रति नै शंकाको घेरामा परेको छ ।

नवलपरासी बुटवल हँुदै पाल्पा पुगेको एक हजार बढी मलका बोला पाल्पा प्रहरीले फेला पारेको हो पाल्पाको हुगीमा मल भरीएको ट्रक चेकजाँच गर्दा बिल नभएपछी मलचोरी तस्करीको भएको खुलेको हो ।
तस्करीभएर आएको मलको गाडी नवलपरासी बुटवलहँुदै पाल्पा पुगेको समेत भेटीएकोे छ । नवलपरासी रुपन्देहीका मुख्य राजमार्गका प्रहरी चौकीहरुमा चेकजाँच गराउँदै पाल्पाको दुर्गम गाउँमा पुग्दा अबैध मल फेर्ला पर्नुले मुख्यराजमार्गमा रहेका प्रहरी चौकी पोष्टहरुका प्रहरी कर्मचारीहरुकै मिलेमतो भएको आशंका छ ।
नवलपरासी, रुपन्देही पाल्पामा गरीमुख्य राजमार्गमा रहेका आधा दर्जन बढी प्रहरी चेक पोष्ट, चौकी रहेपनि अबैध मल भरीएको ट्रकबारे प्रहरीले सुईको समेत पाउन नसक्नु आश्चर्यको विषय बनेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक हेरब शर्माले पाल्पाको रामपुर र हुँगीमा गरी १ हजार २१ बोरा अबैध मल बरामद गरी राजस्व अनुसधान कार्यालय बुटवललाई कारवाहीका लागि बुझाएको बताउँछन् । अबैध भएकाले कसरी मल पाल्पा सम्म पुग्यो भन्ने विषयमा थप अनुसन्धान भैरहेको प्रहहरी उपरिक्षक शर्माको भनाई छ ।

तस्करहरुले नेपालमा मलको माग धेरै भएकाले नाकामा खटीने नेपाल प्रहरी ससत्र प्रहरी जिल्लाबाट खटीने सादापोशाकमा प्रहरीहरुलाई आर्थीक प्रलोभनमा पारेर उनीहरुकै मिलेमतोमा तस्करी सम्भव रहेको जानाकारहरु बताउँछन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मुख्य राजमार्गमा रहेकका प्रहरीहरुले गाडी चेकजाँच गर्नेेगरेको भन्दै तस्करहरुले एक–एक बोरा जम्मा गरेर लगेको हुन सक्ने बताए ।

रुपन्देही प्रहरीले केही दि पहिला लुम्बिनी क्षेत्रबाट ३ सय ४० बोरा युरीया मल नियत्रणमा लिएको थियो बुधबार धकधई क्षेत्रबाट प्रहरीले थप ४१ बोरा मल बरामद गरेको गरेको छ ।
प्रहरी भन्सार चोरी तस्करी रोक्न लागीपरेको बताएबाट तराईका बिभीन्न नाका प्रयोग गरेर सिमामा खटिने सुरक्षाकर्मीहरुलाई मिलाउँदै तस्करी गनेै गरेको पाइएको हो ।
नेपालमा सरकारले सहज रुपमा अनुदानको मल उपलब्ध गराउन नसक्दा नेपाली किसानहरुले अवैध रुपमा यसरी तस्करी मार्फत आएको मल चर्को मुल्यमा खरिद गरी खेतबारीमा उपयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?