ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा

उपलब्धि गुम्ने खतरा : मोहनविक्रम

३० जेष्ठ २०८०, मंगलवार
३० जेष्ठ २०८०, मंगलवार

दाङ, ३० जेठ ।

नेपाल कम्युनिष्ट पार्र्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले लामो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले जनताको साथ समर्थन र सहयोगमा ल्याएको अहिलेको लोकतान्त्रिक व्यवस्थामाथि वाह्य हस्तक्षेप अस्वाभाविक रुपमा बढ्दै गएकाले आम नेपाली जनता जागरुक हुनुपर्ने बेला आएको टिप्पणी गरे ।

“व्यवस्थाका बारेमा भ्रम पैदा गरेर देशमा अमेरिका साम्राज्यवाद भित्र्याउने, मरिसकेको राजतन्त्र व्यूँताउने, अराजकता फैलाउने र मुलुकलाई फेरि पनि विदेशी हस्तक्षेपको पकडमा राख्ने खालको गम्भीर षडयन्त्र भईरहेको छ”, उनले भने, “व्यवस्थामाथि जनतामा भ्रमको खेती गरेर वितृष्णा पैदा गर्ने अनि मुलुकलाई आफ्नो नियन्त्रणमा लिने विदेशी शक्तिको चलखेल निकै बढेको छ । यस प्रकारको गलत गतिविधिको प्रतिवाद गर्न र मुलुकलाई विदेशी हस्तक्षेत्रबाट बचाउन देशभक्त जनता जाग्नुपर्ने बेला आएको छ ।”

उनले प्रमुख दलहरुको गलत कार्यशैलीका कारण जनताले फरक दललाई दिएको मतका आधारमा सिंगो व्यवस्था नै खराब हो भन्ने खालको प्रचारबाजी गरेर सय वर्षभन्दा लामो संघर्षपछि आएको व्यवस्था नै उल्ट्याउने खालको षडयन्त्र सुरु भएको तर्क गरे । उनले देशभित्रका विभिन्न भ्रष्टाचारका काण्ड, अमेरिकी चासोको एमसीसी घटना, हालसालै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले दिएको सन्देश, नागरिकता विधेयक जस्ता काण्डले देशको राष्ट्रियतामाथि नै प्रश्न उठ्ने काम भएको हुँदा प्रमुख दलहरु सच्चिएर स्वाधिन नेपालको पक्षमा गम्भीर बन्नुपर्ने बताए ।

उनले हालै निर्वाचनमा होमिएर जनमतका साथ संसदमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यवाद र विचार बोकेको पार्टी देशका लागि घातक रहेको बताए । उनले आफुहरुले पनि वर्तमान सरकारलाई समर्थन गरेपनि मुलुकको अहित हुने जुनसुकै घटना वा काममा फरक विचार व्यक्त गर्दै समर्थन नगरेको जानकारी गराए । देश बचाउन र जनताको सर्वोपरी हितका पक्षमा सबै दलहरु एक ठाउँमा नउभिने हो भने अमेरिकाको अदृष्य चलखेलमा संसदमा प्रवेश गरेको नयाँ दलबाट थप खतरा रहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?