ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन
‘विहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड

समूहबाट सहकारी हुँदै उद्यमतिर

यस सहकारीले दूध तथा दूधका परिकारहरू जस्तै– कुल्फि, पनिर, दहि, घ्यू, नौनी खोवा कफि, चिया, आइसक्रिम खरिद विक्री गर्दै आएको छ 
२९ जेष्ठ २०८०, सोमबार
२९ जेष्ठ २०८०, सोमबार

बुटवल, जेठ - कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ कोपवामा महिला समुह स्थापना हुने लहर थियो । २०७१ साल पहिला केही महिलाहरू समूहमा जम्मा भएर थोरै भएपनि बचत गर्ने, समूहमा त्यो बचत रकम परिचालित गर्ने, कर्जा प्रवाह गर्ने, व्याज उठाउने र पुनः लगानी गर्ने गर्दै आएका थिए ।
सोही समयमा हेफर ईन्टरनेशनल नेपाल र मष्डो नेपालको सहयोगमा समूहबाट २०७१ साल चैत २ गते विधिवत रूपमा सहकारी दर्ता भयो । ‘विहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड ।’ साविक कोपवा गा.वि.स, हेफर इन्टरनेशनल नेपाल, मेस्डो नेपाल कपिलवस्तुको साझेदारीमा संचालित साना किसान सवलीकरण परियोजना द्धारा गठित स्वावलम्वी समूहमा जम्मा २७ जना महिलाहरूको सहभागीतामा सुरु भएको यो सहकारी अहिले सिंगो कपिलवस्तु जिल्लाको मात्रै नभएर देशकै नमुना सहकारीको रूपमा स्थापना भएको छ । स्थापनाको ९ बर्षमा नै सहकारीले एउटा समूहले उद्योग सम्मको यात्रा तय गरेको छ । जसमा सबै महिलाहरूकै नेतृत्व, व्यवस्थापन, बजारीकरण हँुदै आएको छ ।
महिला सामाजिक उद्यमी समेत बनाउने योजना सहित सुरुवात गरिएका यी महिला समूहहरू जिल्लामा थिए । ०१ साल चैत २ गते २७ जना महिला सदस्यहरू रहेर स्थापना गरेको यो सहकारीमा अहिले ७४ वटा समूहमात्रै आवद्ध छन् । जसका शेयर सदस्यहरू १ हजार ३ सय ५७ जना जना आवद्ध भएर उद्यमशिलता प्रवद्र्धनका लागि काम गर्दै आएका छन् ।

अहिले यो सहकारीको नेतृत्व संहालीरहेकी छिन् तीनै २७ जना संस्थापक मध्येकी तुलसी थापाले । एउटा समूहबाट सहकारी, सहकारी बाट उद्यमशिलता सहित उद्योग सम्मको यात्रामा सफल भएको यो समूहले ९ बर्षमा समाजमा नै नमूना काम गरेको छ । महिलाहरू मात्रै रहेको सहकारीले हाल दूध उद्योग सञ्चालन गरेको छ नै गाउँघरमा खसी बोका बिक्री गर्ने केन्द्र समेत स्थापना गरेको छ । सहकारीका अध्यक्ष तुलसी थापाका अनुसार समूह स्थापना भएको अर्को बर्षदेखि सहकारी स्थापना भई हालसम्म पनि विभिन्न रचनात्मक काम अगाडि बढाएको छ । समूहबाट सहकारीमा सम्म गरेको तरक्कीको विषयमा देशबाट नै विभिन्न सहकारीकर्मी, अभियान्ताहरूले सहकारी भ्रमण गर्ने गरेका छन् ।

पहिला बचत गर्ने कर्जा लगानी गर्ने समुहको रूपमा रहेका महिलाहरूको बीचमा हेफरले दिएको उद्यमशिलता तालिमले उनीहरूलाई सहकारी मार्फत काम गर्ने गरी योजना बनेको हो । अध्यक्ष थापाका अनुसार १० वटा समूहबाट सहकारी सुरुवात भएको थियो । उपहार समूह ७३ वटा रहेका रहेका छन् ।
सहकारी स्थापनापछि महिलाहरूले गाउँमा उत्पादन भएको दूध र दुग्ध जन्य बस्तु बजारीकरणको लागि पहल गर्ने, गाउँमा उद्यमशिलता विकास गर्ने सोँच सहित वि.स. २०७३ सालमा सहकारीले उद्योग सुरुवात ग¥यो । गाउँमा उत्पादन भएको दूध संकलन गरी डेरी मार्फत बिक्री वितरण गर्ने गरी वि.स. २०७३ साल पुस १० गते डेरी उद्योग स्थापना भएको हो । आम्दानी गर्ने, किसानको दूध समेत बजारीकण गर्ने गरी महिलाहरू द्धारा नै उद्योग स्थापना भएको थियो ।
अहिले उद्योगले कुल्फी, दही, दूध, घिउ लगायतका पनिर सहित दुग्धजन्य बस्तु उत्पादन गरी बजारीकरण गर्दै आएको छ । १ सय ८६ लिटर दूध संकलबाट सुरुवात भएको थियो डेरीमा २२०० लिटर सम्म दूध संकलन भएको छ । अहिले सरदर ८ सय लिटर दूध संकलन हुने र चार नम्बर जितपुर सहित बुटवलका बजारमा समेत बजारीकरण हुँदै आएको सहकारीका कोषाध्यक्ष विना मल्ल बताउँछिन् ।
दैनिक रूपमा ५ सय देखि ८ सय लिटर दूध बुटवलको लुम्बिनी डेरी उद्योगले सहकारीबाट संकलन गरी ल्याउने गरेको छ । सहकारीले स्थापना गरेको दूध डेरी उद्योगमा क्रिम सपरेटर मेसीन जडान गरिएको छ भने खुवा, कुल्फी, पनिर समेत उत्पादन गरी बजारीकरण गर्दै आएको छ । सवारी चालक २ जना पुरुष कर्मचारी बाहेक अन्य सबै व्यवस्थापन, उद्योगका काम गर्ने सबै महिलाहरू नै रहेका छन् ।

विहानी ब्रान्डको दही, घिउ,पनिर समेत बजारीकरणको काम सहकारीले गर्दै आएको छ । मेसीन खरिद लगायतका विविध विषयमा हाल सम्म हेफर ईन्टरनेशनले ६६ लाख रूपैयाँ अनुदान उपलध गराएको छ । समुहले केही समय पहिला लुम्बिनीमा भएको राष्ट्रिय कार्यक्रममा स्वर्णीम प्रतिभा पुरस्कार बाट १ लाख ५० हजार रूपैयाँ प्राप्त गरेको थियो । सहकारीले ३ करोड लगातमा १५ धुर जग्गामा भवन बनाएको छ । पहिला तरकारी संकलन केन्द्रको रूपमा रहेको यो संकलन केन्द्रलाई मर्मत संहार गरी सहकारीले आफ्नो भवनको रूपमा प्रयोगगरेको हो । यद्यपी जग्गा उपलब्ध भएपनि उद्योग सहितको सहकारी भवन बनाउने योजना समेत बनाइएको छ ।
सहकारीको दुग्ध प्रसोधन उद्योग स्थापानका लागि नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलले पनि अनुदान प्रदान गरेको छ । उपकरण खरिदका लागि सहकारीलाई २८ लाख ५७ हजार ५ सय पास भएकोमा २१ लाख ८२ हजार ३ सय ६ रूपैयाँ अनुदान प्राप्त गरको थियो । जसबाट मेसीन उपकरण खरिद तथा भवन निर्माण गरिएको सहकारीले जनाएको छ । हेफर ईन्टरनेशनले नेपालको सहयोगमा पिकअफ बलेरो खरिदमा सहयोग प्राप्त गरेको सहकारी दूध ढुवानीमा सहजता यहिबाट प्राप्त गर्दै आएको छ ।

सहकारीमा हाल ८ जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् भने १ जनाले पार्टटाईम गरी ९ जनाले रोजगारी प्राप्त गरेका छन् । सहकारीका सचिव नर्मदा चुँदालीका अनुसार सहकारीले विभिन्न उत्पादनमुलक क्षेत्रमा राम्रो लगानी गरी सोही अुसारको प्रतिफल समेत प्राप्त गरेको छ ।
सहकारीले आफ्नो परिकल्पनामा वाणगंगा नगरपालिका भित्र रहेका महिलाहरूको चौतर्फी दिगो विकास गर्दै कृषि तथा पशु विकास महिला उद्यमी संस्थाको रूपमा स्थापित सहकारी संस्था बनाउने योजना बनाएको छ । यसको लागि वाणगंगा नगरपालिका भित्र बसोवास गर्ने महिलाहरूको आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रमा शसक्तीकरण गर्दै कृषि तथा पशु बिकास कार्यक्रम मार्फत आयआर्जनमा अग्रसर गराई समुदायको सकारात्मक परिवर्तन गर्दै स्वावलम्बी समाजको निर्माण गर्ने उद्देश्य रहेको अध्यक्ष थापाले बताईन ।

यसको अलवा सहकारी मूल्यमा आधारित सर्वाङ्गीण विकासका सिद्धान्तहरूमा आधारित रहि सामाजिक उद्यमको माध्यमबाट सदस्यहरूको आर्थिक सामाजिक तथा सांकृतिक विकास गर्दै स्वच्छ समृद्ध र न्यायोचीत समाजको निर्माण गर्न योगदान पुरÞ्याउने गरी सहकारी व्यवसाय संचालन गर्ने मूख्य उद्देश्य रहेको छ । वाणगंगा नगरपालिका मा गठन भएका ७४ वटा समूहका १३५७ जना महिला दिदी बहिनीहरू संगठित भएका छन् ।

संस्थाको शेयर पुँजी ४२ लाख ३८ हजार ८ सय रहेको छ । बचत १ करोड ८१ लाख ३० हजार ४ सय ८२ रूपैयाँ ९२ पैसा, ऋण लगानी रु.१ करोड ६५ लाख ६ हजार ५ सय ८९ रूपैयाँ ७६ पैसा र दूध तथा दुग्धजन्य पदार्थको खरिद रु १ करोड २८ लाख ९३ हजार ७ सय ९७ रुपियाँ रहेको छ । बिक्री रु. १ करोड ५५ लाख ७८ हजार ४ सय ८९ रूपैयाँ, दाना खरिद रु. ३२ लाख ८६ हजार १ सय ९९ रूपैया र बिक्री रु. ३२ लाख ४५ हजार ८ सय ८५ रूपैयाँ रहेको छ, त्यसैगरी २०७९ साल आषाढ मसान्त सम्म संस्थाको कुल पुँजी ३ करोड ८४ लाख २४ हजार २ सय ८५ रूपैयाँ ७८ पैसा भएको रहेको छ । सहकारीले महिला समूह समूह गठन गर्दा मासिक २० रूपैयाँ बचत गर्ने सदस्यले अहिले मासिक १ हजार सम्म बचत गर्न थालेका छौं । केही पशु नपालेका किसानहरू पशुपालनमा जोडीएका छन् । । १ / २ वटा बाखा पालेका किसानहरूले अहिले २० वटा सम्म बाख्रा पाल्दै आएका छन् ।

एउटा भैंसी पालेका कृषकले अहिले फर्म संचालन गरेका छन् र प्रसस्त रूपमा घाँसको बीउ उत्पादन, व्यवस्थित नर्सरी गरि व्यवसायी बनेका छन् । तरकारी किनेर खाने सदस्यहरूको करेसाबारी छ । करेसाबारी गर्दै आएका किसानहरू व्यवसायिक तरकारी खेतीमा लाग्नु भएको छ । हिजो हचुवाको भरमा अनुमान गरी बिक्री हुने खसी बोकाहरू आज जिउदो तौल गरी बिक्री हुन थालेका छन । सहकारीले दूध संकलन केन्द्र संचालन गरे लगतै पशुपालन कृषकहरू दूध व्यवसायी बनेका छन् र दूधमा वृद्धि भएको छ । समूह समूहमा रहेका महिला दिदी बहिनीलाई सहकारी मार्फत संगठित भएका हुन । यस सहकारीले दूध तथा दुग्धजन्य पदार्थको लेबलिङ्ग, प्याकेजिङ्ग गरि बिक्री गरिएको छ ।
नेपाल लाइभइस्टक सेक्टर इनोभेसन आयोजना बाट दूध प्रसोधनको लागि रु. २८ लाख ५७ हजार ५ सय पास भई रु. २१ लख ८२ हजार ३ सय ६ रूपैयाँ प्राप्त गरि मेसिन सामग्री खरिद, तथा भवन निर्माण सम्पन्न गरिएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा पिकअप बोलेरो खरिद गरि बुटवल बजारमा दूध बजारीकरण गरि कृषिजन्य जस्तै तरकारी,फलफूल, खसी बोका ढुवानी गर्दै आएको छ ।

यस सहकारीले दूध तथा दूधका परिकारहरू जस्तै– कुल्फि, पनिर, दहि, घ्यू, नौनी खोवा कफि, चिया, आइसक्रिम खरिद विक्री गर्दै आएको छ । मधौलीया उद्यान पार्कमा विहानी बिक्री केन्द्र खोली दूधका परिकारहरू बिक्री गरिएको छ पशुपालनका लागि चापट,सन्तुलित दाना, ब्रान खरिद विक्री गर्दै आएको छ । हेफर ईन्टरनेश्नल नेपालले आयोजना गरेको स्वर्णिम प्रतिभा पुरस्कारमा बिहानी सहकारी संस्थाले क्षेत्रीय पुरस्कार रु. १ लाख ५० हजार रूपैयाँ प्रप्त गर्न सफल भएको भएको छ ।
आगामी दिनमा सहकारीले पिक अप गाडीद्वारा दानाचापट उद्योगबाट खरिद गरि सुपथ मुल्यमा कृषकहरूको घर घरमा पु¥याउने ब्यवस्था गरिने गर्ने, हेफर ईन्टरनेशनल नेपाल र मेस्डोसँगको समन्वयमा पशु वस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरूको संस्था सवलीकरण कार्यक्रम निरन्तरता दिईने दिने, सहकारीले आफ्नै जग्गा खरिद गर्ने योजना बनाएको छ ।
वाणगंगा नगरपालिकाको सहयोग र समन्वयमा यस सहकारी मार्फत दूध बिक्री गर्ने उद्यमीहरूलाई उत्पादनमा आधारित अनुदान सहयोग उपलब्ध गराउन पहल गर्ने, आगामी दिनमा प्रतिदिन कम्तिमा २००० लिटर दूध संकलन गर्ने, शेयर सदस्य १३५७ बाट बृद्धि गरि १६०० जना गरिने छ । बचत १,८१,३०,४८२ बाट वृद्धि गरि २,५०,००,००० गर्ने लक्ष्य लिएको छ । सहकारीले २५ जना तरकारी उद्यमी शेयर सदस्यहरूलाई तरकारी तालिम संचालन गरि ५ जना सदस्यहरूलाई १०, हजार बराबर रकम शुन्य प्रतिशत व्याजदरमा प्रदान गर्दै आएको छ ।
नियमित बचत, बाल बचत, ऐच्छिक बचत, आबधीक बचत, सुनौलो भविष्य बचत र दिगो बचतलाई निरन्तरता दिदै आएको छ । वर्ष भेटेरिनरी पशु बिज्ञ केन्द्र तौलिहवाबाट दूध उत्पादनमा आधारित अनुदानमा रु. १० लाख २३ हजार ८ सय २ रूपैयाँ प्राप्त गरि किसानहरूलाई बैंक मार्फत वितरण गरिएको थियो । हेफर ईन्टरनेशन नेपालसँग समन्वय गरि १० जना सदस्यलाई ९ वटा पावरटेलर, हारब्यस्टर ९ वटा, बितरण गरिएको छ र संस्थालाई स्वइल टेस्ट किट र जियो कृषि कार्यक्रममार्फत ५५ ईन्चको स्मार्ट टि. भि. प्राप्त गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भैरहवाबाट अनुज्ञापत्र प्राप्त गरेको छ । जसबाट दही, ध्यु, दूध प्याकेजिङ्ग गरी बिक्री वितरण गर्न सहज भएको सहकारीका कोषाध्यक्ष बिना कुमारी मल्ल बताउँछिन् । सहकारीले आर्थिक बर्ष ७८÷७९ मा ९ लाख ८३ हजार २ सय ५४ रूपैया २१ पैसाले वृद्धि भई रु. १ करोड ६५ लाख ६ हजार ५ सय ८९ रूपैयाँ ७६ पैसा कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?