ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मुख्य समाचार

सेटिङ्ग नमिल्दा हाकिम सरुवाः कार्यालय कामविहीन दैनिक लाखौं राजश्व गुम्दै

२९ जेष्ठ २०८०, सोमबार
२९ जेष्ठ २०८०, सोमबार

बुटवल, जेठ । बिचौलियाको मुख्य अखडाको रूपमा नाम कमाएको बुटवलको यातायात ब्यवस्था सवारी चालक अनुमती कार्यालयमा सुधारको संकेत गरेका कार्यालय प्रमुखको एकै महिनामा सुरुवा भएको छ ।
यातायातमा सुधारको काम गर्दै आएका कार्यालय प्रमुखलाई विचौलियाको जोडबलमा नै कार्यालय प्रमुखकोे सरुवा गरिएको पाइएको हो । हाजिर भएका प्रमुख एक महिना नहुँदै पुनःसरुवा भएका छन् ।
बैशाख ६ गते कार्यालयमा हाजिर भएका महेश पाण्डेले हाजिर हुँदैका दिनदेखि कार्यालय हाता भित्र हुने गलत कार्यलाई रोक्न र कार्यालय भित्र सिस्टम सेवालाई ब्यबस्थित गर्न सुरु गरेका थिए । कार्यालय हाता भित्र प्रशिक्षार्थीलाई लिँदै आएको मेडीकल शुल्क १ सय ५० रहेकोमा पाण्डेले सेवाग्राहीलाई सहज सुलभ होस भनेर १ सय बनाएका थिए ।
लिखीतको परीक्षा दैनिक लिने ब्यवस्था कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागी खानेपानीको ब्यबस्था, फ्रि वाईफाई समेत जडान गरेर सेवा चुस्त दुरुस्त बनाउँदै गर्दा उनको सरुवा भएको हो । कार्यालय भित्र हुने अबैध कामहरूलाई निरुत्साहित गर्ने थालेपछि यातायात कार्यालयमा बिचौलीयाका रूपमा कामगर्दै आएका केही मानिसहरूले उनको सरुवा गरीदिएको एक कर्मचारी बताउँछन ।
‘हाकीम सापले केही कुराहरू सुधार गर्न खोज्नुभएको थियो केही सुधार हुने क्रममा थिए एकाएक उहाँको सरुवा भयो’– कार्यालयका एक कर्मचारीले भने । १५ दिन भन्दा बढि कार्यलय प्रमुख नभएको कारण लाईसेन्स नयाँ प्रक्रिया फर्म भर्ने लिखित परिक्षा दिने, ट्रायललिने काम पुर्ण रूपमा बन्द भएका छन । जसका कारण राज्यको दैनिक करीब १० लाख राजश्व गुमईरहेको उनको भनाई छ । दैनिक हजार बढी सेवाग्रही सेवा लिन आएपनी कार्यालय प्रमुख नहुदा फिर्ता पठाउनु परेको उनको भनाई छ ।
प्रदेश सरकारको मातहत रहेकाले कस्लाई प्रमुख बनाउने प्रदेशको जिम्मा भएपनि प्रदेश सरकारले प्रमुख बिहीन भएको १५ दिन बितीसक्दा कसैलाई पठाउन सकेको छैन समाचार स्रोतका अनुसार पछिल्लो समय यातायात ब्यबस्था सवारी चालक अनुमती कार्यालय बुटवलमा पुरा समय कार्यालय प्रमुखलाई बस्न नदिएका कारण धेरैले अनिक्षा देखाएका कारण प्रदेश सरकारले कर्मचारी पठाउन नसकेको उनको भनाइ छ ।
कमाउ अखडा रूपमा रहेकाले कार्यालयमा प्रमुख कसलाई पठाउने भन्ने कुरामा समेत धेरैको आँखा लाग्ने गरेको छ । बिचौलीया परीचालन गरेर कमाउ अड्डाको रूपमा नाम कहलिएको कार्यालयमा प्रमुख पठाउन प्रदेशका मन्त्री देखि केन्द्रका मन्त्री सम्मको आखा लाग्ने हुँदा यसकार्यालयमा हाकीमहरू फेरीइरहने परीपार्टी नै बनेको छ । राम्रो सेवामुखी कस्ले बनाउने भन्दा पनी आफ्नो पार्टीको खोज्दा कार्यालय प्रमुखहरू टिक्न नसकेको कर्मचारीहरू बताउँछन ।
लुम्बिनी प्रदेश सरकारको एक सय दिने नेतृत्व एमालेका लिला गिरीको पालामा आफू सरकारबाट जाँदाजाँदै यातायात ब्यबस्था कार्यालयको प्रमुख महेस पाण्डेलाई बनाएर कुल बहादुर केसी नेतृत्वको सरकारका पालामा आएका केशब अर्याललाई आफ्नो अबधि पुरा नहुँदै अर्याललाई फालेर पाण्डे भित्रीएका थिए । तर पाण्डे समेत १ महिना नपुग्दै हटाईएका छन । प्रदेशको नेतृत्व परीबर्तन सँगै पान्डे हटाईएपनि अहीलेसम्म कसैलाई पठाउन सकेको छैन ।
दैनिकजसो दसौं लाख बढी राजश्व संकलन गर्ने सरकारी कार्यालयमा समयमा एउटा कर्मचारी पठाउने ब्यबस्था गर्न नसक्दा दैनिक सेवा लिन आउने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?