ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन
मुख्य खबर

खेतमासिँचाई हुने आशले किसान खुसी

२६ जेष्ठ २०८०, शुक्रबार
२६ जेष्ठ २०८०, शुक्रबार

गुल्मी,  जेठ- गुल्मीको मुसिकोट नगरपालिका ७ अन्र्तगत झेँदी खोला वामी टक्सार सिँचाइ योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब ती किलोमिटर लम्बाई रहेको उक्त सिँचाइ आयोजनाको काम ९० प्रतिशत पुरा भएको कार्यालयले जनाएको छ । आयोजना सम्पन्न भएसँगै त्यस क्षेत्रका दुई सय २५ घरपरिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मी मार्फत एक करोड ३१ लाख रुपैयाँको लागतमा तीन वर्षदेखि आयोजनाको निर्माण कार्य शुरु गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख इन्जिनियर भरतप्रसाद सापकोटाले लामो समयदेखि सिंचाईको समस्याबाट चिन्तित बनेका वामीका कृषकहरुका लागि यो योजनाले मनग्य फाईदा पुग्ने बताए ।

उनले गुल्मी पहाडी जिल्ला भएर पनि सिँचाइको प्रशस्त सम्भावना भएका उत्पादनशील फाँटहरूमा अझै पनि सिँचाइ सुविधा पुग्न नसकेको बताए । उक्त सिँचाइ योजना निर्माण शुरुहुनु पहिले स्थानीयल जग्गाधनीहरूले अस्थाई रुपमा निर्माण गरेको कुलोबाट सिंचाई गर्न बाध्य थिए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मी मार्फत पक्की नहर निर्माण भएपछि स्थानीय कृषकहरु निकै खुसी बनेको झेदीखोला–वामीटक्सार सिँचाइ योजना उपभोक्ता समिति अध्यक्ष तेजनारायण सापकोटाले बताएका छन । सिँचाइ कुलाको माध्यमबाट वामी फाँटमा ठूलो पानी पुग्ने भएपछि वामीको उर्वर फाँटमा हिउँदे बाली र बेमौसमी तरकारी खेतीको प्रशस्त सम्भावना रहेको छ ।

पछिल्लो समयमा सरकारले सिँचाइमा लगानी गरेअनुसार नागरिकहरुमा भने कृषि कर्म प्रति त्यत्ति सक्रियता देखिँदैन । सरकारले गरेको लगानीसँगै नागरिकहरुले पनि उत्पादनसँग सिँचाइलाई यदि नजोडने हो भने थुप्रै उर्वर भूमि त्यत्तिकै खेर नजालान भन्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?