© २०२३
बुटवल, जेठ- प्रहरीलाई चुनौ ती दिँदै बुटवलमा मोटरसाईकल चोरी गने समूह सक्रिय हुँदा प्रहरी नै रनभुल्लमा परेको छ । दिउँसै समूह बनाएर नयाँ–नयाँ मो टरसाईकल चो री हुँदा प्रहरीले मोटरसाईकल चोरीगर्ने समूहलाई पक्राउ गर्न सकिरहेको छैन ।
प्रहरीको सूरक्षा लाई चुनौति दिँदै ती समूहले दिउँसै मोटरसाईकल चोरी गरेर फरार हुने गरेका छन् । दिनहाडै बजारबाट मोटरसाईकल चोरी हुनथाले पछि प्रहरीले चोरी नियन्त्रण गर्नको लागि विशेष टोली नै परिचालन गर्नेबध्यतामा पुगेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले प्रहरी बरिष्ठ प्रहरी नायव निरिक्षकको नेतृत्वमा मोटरसाईकल चोर खो ज्नको लागि विशेष टोली नै बनाएर परिचालित गरेको छ ।
घरमा पार्कीड्डगरेका मोटरसाईकल, बिरामी भेट्न अस्पताल पुगेका मानिसको मोटरसाईकल, बिहान घरबाहिर राखेका मोटरसाईकलहरू चोरी हुन थाले पछि प्रहरीलाई चोरी नियन्त्रण गर्न नसकेको गुनासो समेतआउन थालेको छ । गत जेठ २१ गते बुटवल मिलनचोकमा घर अगाडि राखे को लु.५४ प ९७१ नम्बरको मोटरसाईकल बिहान ९ः४५ बजे चोरी हुन्छ, मानिसहरू सडकमा आवतजावत गरिरहेकै अवस् थामा उक्त मोटरसाईकलचोरी भएको हो । चोरी गर्नेगिरोहमो टरसाईकल चढेर आएका २ जना मध्ये १ जनाले दायाँ–बाट हेर्दै मोटरसाईकल लक भाँचेर चो रीगरेको सिसि क्यामेरामा समेत प्रष्ट देखिन्छ ।
२०८० जेठ २१ गते बुटवलको देबिनगरबाट लु ९० प ९०२९ नम्बरको मोटरसाईकल साझ चोरी हुन्छ चोरी भएको जानाकारी नजिकैको प्रहरी कार्यालयमा जानकारी गराएपनि हाल सम्म फेला परेको छैन ।
मोटरसाईकल चोरी र्गन आउनेहरुको हुलियाप्रष्ट देखीएको भएपनी प्रहरीले नियत्रणमा लिनसकेको छैन । २०८० बैशाख २९ गते बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामी भेटन पुगेका तारा सिड्ड को लु ८३ प ९५४८ नम्बरको पल्सर मोटरसाईकल अस्पतालको गेट अगाडीबाट साझ ८ देखी ९ बजेको समयमा चोरी भएको पनि महिनादिन बढि भयो ।
तारा सिड्ड बिरामी भेटेर बाहिर आउँदा आफनो मोटरसाईकल नदेखेपछी खाजतलामा लागेपनि हाल सम्म मोटरसाईकल भेटिएको छैन । तत्काल प्रहरीलाई खबर गरेपनी हाल सम्म मोटरसाईकल फेला नपरेको उनको गुनासो छ । ‘२५ दिन भयो अझै फेला परेको छैन,’– उनी भन्छन् ।
तिलोत्तमा नगरपालिका ३ चन्द्रनगरान घर बाट मिती २०८० साल बैशाख २० गते राती लु ७७ प २०८५ नम्बरको बुलेट मोटरसाईकल चोरी भएको छ । बिहान घरमा मोटरसाईकल नदेखेपछी चोरी भएको भन्दै प्रहरीमा खबर गरेपनी हाल सम्म मोटरसाईकल फेला नपरेको मोटरसाईकल धनी आशिष ज्ञवालीले बताए । ‘खै अहिले सम्म फेला परेको छैन एक महिना भैसक्यो’– ज्ञवालीले भने ।
यता इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले मोटरसाईकल चोरी नियन्त्रण र खोजी कार्यालयका लागि प्रहरी लागिपरेको बताउँछन् । बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘हामीले केही चोरी भएका मोटरसाईकल फेला पारेर सम्बधित धनीलाई बुझाएका छौ, तर गिरोह नै रहेको भन्ने कुरा छ, हामी ढिलो चाढो पक्राउ गरी कानूनी कारबाहीमा ल्याउछौं । ’