ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

बजार अनुगमन टोली पुगेपछि पुरै बजार बन्द

२५ जेष्ठ २०८०, बिहीबार
२५ जेष्ठ २०८०, बिहीबार

सुनवल, २५ जेठ ।

बिहिवार बिहान सिमावर्ती जिल्ला बजार अनुगमन समितिको टोली पश्चिम नवलपरासीको सिमावर्ती बजार महेशपुरको अनगुमनमा निस्कियो । सिमावर्ती बजारको अनुगमन नहुने भएकाले सो क्षेत्रका व्यवसायीले मनपरी गर्दे आएको सर्वविदितै छ । अनुगमन टोलीले महेशपुर भन्सार कार्यालयमा सवारी साधन रोकी बजार अनुगमनका लागि जब पसलमा पुग्यो तब महेशपुर बजार सुनसान बन्न पुग्यो । कारण थियो नियम विपरित सञ्चालन हुँदै आएको व्यवसाय ।

करदाता सेवा कार्यालयका प्रमुख विकल्प भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत गंगाधर पाण्डे, जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्दिप लामिछाने लगायतको टोलीले दुई चार ओटा पसल अनुगमन गर्दा सम्म आधा महेशपुर बजारका सटर बन्द भईसकेका थिए । १२ ओटा पसल अनुगमन गरेर सक्दा पुुरै महेशपुर बजार शान्त भयो । कुनै सटर खुल्ला भएनन् अनुगमन टोलीलाई व्यवसायीले पुरै असहयोग गरे भने अनधिकृत व्यापारको बचाउ गरे । “जति पसलको अनुगमन भयो ती पसलमा कारोबारको वैधता कायम गर्ने कोसिस गरिए पनि पर्याप्त भने थिएन । सबैलाई सचेत गराईएको छ”– उद्योग अधिकृत पाण्डेले भने । अधिकांश व्यवसायीले एउटा व्यवसायको अनुमति लिएर अनेकौ कारोबार गर्दै आएको पाईएको छ ।

किराना पसलको अनुमति लिएर, गुट्का तथा सुर्ती, चुरोट संगै मदिरा समेत विक्री वितरण गर्दै आएको पाइएको छ । फर्महरु दर्ता भएपनि नविकरण नभएको, विलविजक सही रुपमा व्यवस्थित नगरेको पाइएको छ । सम्बन्धित निकायमा स्क्रेप सप्लायर्सको दर्ता गरी उद्देश्यमा कवाडी सामान खरिद बिक्री गर्ने भनी उल्लेख गरेर फोटोकपि र गाडीभाडाको करोबार गरेको अनुगमनको क्रममा भेटिएको कर सेवा कार्यालय परासीका कर अधिकृत बिकल्प भट्टराईले जानकारी दिए ।

उनका अनुसार एउटा पसलले भ्याटमा दर्ता गरेको तर भ्याट खरिदबिक्री खातामा नचढाएको र उक्त पसल संचालकलाई खाता अपडेट गर्न निर्देशन दिइएको छ । एक मदिरा सप्लायर्सलाई बिलबिजक नराखेको भन्दै बीस हजार जरिवान र पानी उद्योगलाई दुई हजार जरिवाना गरिएको पनि भट्टराईले जानकारी दिए ।

“व्यवसायीले बजार अनुगमनलाई हाउगुजीको रुपमा लिएको पाईयो”–उद्योग अधिकृत पाण्डेले भने, “यो एक किसिमको सचेतना पनि हो । हामी सचेत गराएर व्यापार व्यवसाय गर्न आग्रह गर्दै आएका छौं, समान्य गल्तीमा कारवाही गर्देनौ तर व्यवसायीहरु हामीलाई देख्ने वित्तिकै सटर बन्द गरेर भाग्नुभयो ।” अब करदाता सेवा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयसंगै स्थानीय तहले पनि व्यावसायिक सचेतनाका कार्यक्रम बढाउनुपर्नेमा उनको जोड थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?