© २०२३
लमही, २१ जेठ ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले टिकापुर घटनालाई अतिरन्जित नबनाउन आग्रह गरेका छन् । आइतवार नागरिक उन्मुक्ति पार्टी दाङले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई लमहीमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले टिकापुर घटना सुनियोजित घटना भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गर्दै छानविनमा आफूले पूर्ण सहयोग गर्ने वताए ।
उनले टिकापुर घटनामा रामविहारी थारु पहिला शहीद भएको र थारुहट आन्दोलनमा थारु सिपाइ मारिनु कदापि सम्भव नभएको भन्दै घटना रहस्यमय रहेको वताए ।
“रेशम चौधरी जातीवादीलाई प्रश्रय दिंदैन, नेपाली र नेपाल जान्दछ”– उनले भने ।