ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन
स्थानीय खबर

चोकलाई पहरा !

नेपालगन्जको ‘मुटु’ मानिने धम्वोझीचोक(बिरेन्द्रचोक) राजतन्त्र समर्थक र सरकारले प्रतिष्ठाको बिषय बनाएका छन् । चोकमा राजा बिरेन्द्रको शालिक पुर्नस्थापना गर्न खोज्नेलाई प्रहरीले रोक्न खोज्दा धम्वोझीचोक बिगतमा रणभुमीमा परिणत भइसकेको छ । त्यस्तै अप्रीय अबस्था नआओस् भनेरै प्रहरीले पहरा दिइरहेका छन् ।
२० जेष्ठ २०८०, शनिबार
२० जेष्ठ २०८०, शनिबार

बाँके, जेठ- शुक्रवार राजदरवार हत्याकाण्डको बाइस वर्ष पुरा भएको दिन । नेपालगन्जको ‘मुटु’ मानिने धम्वोझीचोक (राजा बिरेन्द्रको शालिक राखेपछि बिरेन्द्रचोक नामाकारण) मा एकाबिहानै प्रहरी ‘अलर्ट’ भइ पहरा दिइरहेका देखिन्थे । धम्वोझी यसै पनि व्यस्त चोक भएकाले प्रहरीको तैनाथी संधै भइरहन्छ ।

तर राजतन्त्रसंग जोडिएका दिनहरुमा भने शुक्रवारको जस्तै बिगतमा पनि बाक्लोरुपमा प्रहरीको तैनाथी हुने गरेको छ । यसरी धम्वोझीचोकमा ‘अलर्ट’ भएर प्रहरीले पहरा दिनुपर्नाको कारण लामो छ । २०५८ साल जेठ १९ गतेको दरवार हत्यकाण्डमा राजा बिरेन्द्र सहित राजपरिवारका सदस्यको निधन भयो । त्यसपछि राजा बनेका ज्ञानेन्द्रका बिरुद्धमा उठेको दोस्रो जनआन्दोलनको घानमा दिवंगत राजा बिरेन्द्रको शालिक पर्यो ।

आन्दोलनकारीले धम्वोझीचोकमा राखिएको बिरेन्द्रको शालिक भत्काइदिए । कमजोर अबस्थामा रहेका कारण त्यसबेला राजतन्त्र समर्थकहरुले बोल्न सकेनन् । गणतन्त्र आएको लामो समयपछि भने राप्रपा लगायत हिन्दुवादी संगठनले भत्काइएका राजाका शालिक पुर्नस्थापना गर्ने अभियान नै शुरु गर्दा सरकारले त्यसलाई रोक्ज खोज्यो । जसका कारण पटक–पटक भिडन्तको अवस्था सिर्जना भयो ।

गत पौष महिनामा पृथ्वीनारायाण शाहको जन्मजयन्तीका अवसरमा राप्रपा नेपाल आवद्ध युवाहरुले एकाबिहानै बिरेन्द्रको शालिक ठड्यान खोजे । ठुलो दलबल सहित आएको प्रहरीले शालिक राख्न दिएन । शालिक राख्न आएका युवासंग झडप हुँदा थुप्रै घाइते भए र धम्वोझीचोक रणभुमीमा परिणत भइदियो । राप्रपाका युवा नेता ऋषीराज देवकोटा भन्छन–‘बलजफ्ती इतिहास मेटाउन खोजियो । हामीले पुर्नस्थापना गरौं भन्दा बल प्रयोग गरिन्छ ।’ धम्वोझीचोकमा राजा बिरेन्द्रको शालिक पुर्नस्थापना हुनुपर्ने स्थानीयको आवाज दबाउन नहुने देवकोटाको भनाई छ । झडप लगत्तै धम्वोझीचोकको अवस्था बुझ्न उपमेयर कमरुद्धिन राई सहित पुगेका मेयर प्रशान्त बिष्टले छलफल र निकास बिना जर्बजस्ती शालिक राख्ने कामले शान्ति सुरक्षामा असर पुगेको बताएका थिए । एकपक्षिय तरिकाले काम गर्न नहुने उनको भनाई थियो ।

चोकका बिषयमा नत राप्रपाका नेता धवल शमसेर राणा मेयर हुँदा गम्भीरतापूर्वक छलफल भएको थियो नत अहिले नै । शालिक राख्ने र नराख्ने कुरालाई प्रतिष्ठाको बिषय बनाउन नेपालगन्जको शान्ति सुरक्षामै गम्भीर असर पुगेको स्थानीय बताउँछन् । धम्वोझीचोक मात्र होइन त्रिभुवनचोकमा पनि बिवाद छ । जनआन्दोलनमा शहिद भएका हरि अधिकारीको शालिक राख्नेसम्मको ठाउँ छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?