© २०२३
चन्द्रौटा (कपिलवस्तु), जेठ ।
बाणगंगा नदीमा करिब ६ बर्ष पहिले बनगाई देखि दक्षिण तर्फको बस्ती जोड्ने कजवे निर्माण भएको थियो । २०७८ असार २ गते आएको बाढीले कजवे भत्काएको थियो ।
निर्माण भएको चार बर्ष नबित्दै कजवे भत्किँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । कपिलवस्तुको बनगाईदेखि दक्षिण तर्फका बस्ती जोड्ने मुख्य मार्गको कजवे भत्किएपछि बर्षायाम सुरु भएपछि आवतजावत गर्न सास्ती व्यहोर्नु परेको स्थानीयको गुनासो छ ।
स्थानीय सम्झना खनालले नदी दोहनका पछि आएको बाढीले कजवे भत्काएको बताइन् । नदी कटानले कजवेको उत्तर तर्फको भागमा क्षति पु¥याएको थियो । भत्किएको २ महिना अगाडि पालिकाले कजवे नजिकबाट नदीजन्य पदार्थ निकासी गर्ने ठेक्का दिएको थियोझः उनले भनिन् ।
अर्का स्थानीय धनु अधिकारीले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अधिकांश उम्मेदवारले पुल बनाउने बाचा गरेको बताए । “२ वर्षदेखि खोला तर्न निर्माण भएको पुल बनाउने सबै दलको साझा प्रतिबद्धता थियो । तर अहिलेसम्म सास्ती जस्ताको त्यस्तै छ । उनले थपे– ‘अरू बेला खोलामा डाइभर्सन बनाएर हिँड्ने गरिन्छ । वर्षातको बेला १० किलो मिटर लामो यात्रा गर्नुपर्छ ।’ केन्द्र र प्रदेश सरकारको ३ करोड बढीको लागतमा निलगिरी कन्स्ट्रक्सनले लगभग कजवे निर्माण भएको थियो ।
यता बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले तयार पारेको बताए । कजवे निर्माण गर्न बढी लागत लाग्ने भएकोले नगरबाट संभव नरहेको उनको भनाइ छ । आम नागरिकको समस्यालाई मध्यनजर गर्दै हिउँदमा वैकल्पिक बाटोको रूपमा पालिकाबाट नदीमा डाइभर्सन निर्माण गर्ने गरेको प्रमुख अर्यालले उल्लेख गरे ।